• Breaking News

    Sunday, January 29, 2017

    मधेसी मोर्चाले केन्द्रमा सकेन, अब सदरमुकाममा आन्दोलन

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौं, १६ माघ, परिमार्जनसहित संविधान संशोधनका लागि दबाब दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई प्रदेशका जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित पार्टी कार्यालयमा शनिबार सम्पन्न मोर्चाको बैठकले २३ माघमा तराई मधेसका सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको हो । राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले संविधान संशोधन परिमार्जनसहित पारित गर्न, राज्य पुनः संरचना आयेगले सरकारलाई बुझाएको प्रतिवेदन खारेज गर्न लगायतका काममा सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गर्ने निर्णय भएको बताए । तराई मधेसका सदरमुकाममा हुने प्रदर्शन एवं सभा पश्चात राज्य पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनको प्रति जलाउने निर्णय बैठकले गरेको छ । (राजधानी दैनिकबाट)

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture