भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भारतमा पनि राजनीतिज्ञले ‘नेपाल सम्बन्ध’ का विषयमा बोल्दा चीनलाई कुनै न कुनै बहानामा नेपाललाई चीनसँग जोडेर सवालजवाफ हुने गरेको छ भारतीय संसद्मा । चाहे त्यो राज्यसभा होस् या लोकसभा, नेपालको विषयमा बोल्ने अधिकांश सांसदले सँगै चीनको नाम उच्चारण गर्न भुल्दैनन् । पछिल्ला केही महिना भारतको संसद् राज्यसभा र लोकसभा सांसदहरुले उठाएको प्रश्न नियाल्दा यो प्रस्ट हुन्छ – भारतीयहरु नेपालमा चीनको बढ्दो प्रभावप्रति चिन्तित छन् ।
नेपालले २०७२ असोज ३ गते जारी गरेको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा भारतको राज्यसभामा नेपाल सम्बन्ध मा व्यापक छलफल भएको थियो । गत वर्षको मंसिर २१ गते नेपालसँगको सम्बन्धलाई लिएर मात्र छलफल भएपनि अन्य दिनमा भने राज्यसभा र लोकसभामा सांसदहरुले फाट्टफुट्ट रुपमा नेपालको विषय उठाउने गरेको पाइन्छ । यस्ता प्रश्न चीनसँग पनि जोडिने गरेको छ । केपी शर्मा ओली नेतृत्व सरकारले गत वर्ष चीनसँग पारवहनलगायत महत्वपूर्ण सम्झौता गरेपछि झन् भारतीय संसद्मा नेपाल र चीनलाई जोडेर प्रश्न गर्ने शिलशिला बढेको छ । भारतीय सांसदहरुको सबैभन्दा बढी चिन्ता र चासो चीनले नेपालमा सडक र रेलसेवा विस्तार गर्देला कि भन्नेमा देखिन्छ । उनीहरुको प्रश्नमा चिनियाँ रेल र सडक विस्तार कुनै न कुनै रुपमा जोडिएको हुन्छ । नागरिक दैनिकमा समाचार छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment