• Breaking News

    Tuesday, December 27, 2016

    अर्बौं रुपैयाँ ठगेर तीन वर्षदेखि फरार रहेका सुधीर बस्नेत पक्राउ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौं, १३ पुस । सर्वसाधारण र विभिन्न वाणिज्य बैंकका अर्बौं रुपैयाँ जाखिममा पारेर फरार रहेका व्यवसायी सुुधीर बस्नेत पक्राउ परेका छन् ।महाराजगन्ज प्रहरी वृत्तको प्रहरी टोली र सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय टोलीले मंगलबार राति धापासीबाट पक्राउ गरेको काठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए ।
    घरजग्गा व्यवसायी तथा ओरेन्टल को–अपरेटिभ लि.का अध्यक्ष बस्नेत विगत तीन वर्षदेखि फरार थिए । उनलाई प्रहरीले खोजी गरिरहेको थियो । सर्वोच्च अदालतले उनलाई अर्बौं रुपैयाँ ठगी गरेकोमा जेल हाल्ने फैसला सुनाएको थियो ।
    बस्नेतले नेपालका ठूला बैंक तथा वित्तीय संस्थाबाट करोडौं रुपैयाँ ऋण लिएर हाउजिङ तथा जग्गामा लगानी गरेका थिए । उनको जग्गा तथा हाउजिङ व्यवसाय नचलेपछि ठूला बैंकका करोडौं रुपैयाँ डुबेका छन् ।
    बस्नेतले ऋण लिएका ठूला बैंक
    प्राइम बैंकको ३२ करोड
    राष्ट्रिय वाणिज्य बैंकको २४ करोड
    कुमारी बैंकको २० करोड
    एनआइसी बैंकको २० करोड
    नबिल बैंकको १४ करोड
    तत्कालीन किस्ट बैंकको १३ करोड
    सिटिजन्स बैंकको साढे ११ करोड
    ग्रान्ड बैंकको १० करोड
    लुम्बिनी बैंकको सात करोड
    सिद्धार्थ बैंकको ६ करोड
    सिभिल बैंकको पौने चार करोड
    सेन्चुरी बैंकको साढे तीन करोड
    एनसीसी बैंकको एक करोड

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture