• Breaking News

    Sunday, December 25, 2016

    पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी हेर्दै परिवारसहित 'क्रिसमस इभ' मा खाए रात्रिभोज

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौँ : गद्दीबाट च्युत गरिएका राजा ज्ञानेन्द्र शाहले 'क्रिसमस इभ' को दिन परिवारसहित रात्रिभोज खाएका छन्। 
    'डिनर' का लागि उनले रोजेको ठाउँ थियो - मेजे बाई रोड हाउस रेस्टुरेन्ट। दरबारमार्गको मर्कन्टाइल प्लाजाको छतमा रहेको यो रेस्टुरेन्टबाट नारायणहिटी राजदरबार देख्न सकिन्छ।

    शनिबार राति उनी र उनको परिवारले सादा पोशाकमा एक जमानामा आफ्नो निवास रहेको नारायणहिटी हेर्दै डिनर गरेका थिए, जुन अहिले संग्रहालयमा परिणत भइसकेको छ। 
    महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी कृष्णबहादुर पल्लीमगरले पूर्वराजा परिवारसहित मेजे रेस्टुरेन्टमा डिनर गरेर फर्केको पुष्टि गरे। 'परिवारसँग उहाँ आउनुभएको थियो, खाना खाएर जानुभयो।'

    परिवारसहित ज्ञानेन्द्र सुरुमा लाजिम्पाटको त्रिसरा रेस्टुरेन्टमा पुगेका थिए। त्यहाँ क्रिसमस इभका अवसरमा द ह्वाइट अफेयर पार्टी हुँदै थियो। प्राइभेट रुममा बसेर त्यहाँ उनीहरुले ड्रिङ्कस र स्न्याक्स लिएका थिए र सर्वसाधारणसित फोटो पनि खिचाएका थिए। 

    त्यसपछि उनीहरु दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा केही समय बसेर नारायणहिटी दरबार देखिने मेजेमा डिनरका लागि पुगेका थिए। 
    मेजेमा पूर्व राजाको परिवार यसअघि पनि पटक पटक लञ्च र डिनर गर्न पुगिसकेका छन्। त्यस क्षेत्रमा नजिकैबाट नारायणहिटी दरबार देखिने अरु रेस्टुरेन्ट छैनन्। यो रेस्टुरेन्ट क्याफे, वाइन र बारका लागि प्रख्यात छ।

    मेजेबाट देखिने नारायणहिटी दरबार। 
    पहिलो पोस्टबाट साभार 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture