• Breaking News

    Sunday, December 18, 2016

    देउवालाई चुनौति दिँदै राजेन्द्र महतोले भनेः कैलाली-कञ्चनपुर मरेपनि छाड्दैनौं

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौं, ३ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमाकंनमा तराईका पाँच जिल्ला झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुरलाई आफूहरुले मरेपनि नछोड्ने घोषणा गरेका छन् । उनले पूर्वमा झापा, मोरङ्, सुनसरी मिलाएर र पश्चिममा कैलाली कञ्चनपुरसहित तराईमा दुई प्रदेश निर्माण गरिनुपर्ने बताए । र, त्यसको लागि अहिलेको संविधान संशोधन प्रस्ताव उपलब्धिको रुपमा आएकाले पारित गर्न मधेसी मोर्चाले पूरा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष महतोले भने– ‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ, हामी कुनै हालतमापनि पछि हट्दैनौं, पाण्डवले पाँच गाउँको लागि महाभारत गरे, अहिले पाएका उपलब्धिलाई संस्थागत गर्दै पछि हामी ५ जिल्लाको लागि महाभारत गर्छौं, अन्तिम लडाई लड्छौं ।’
     
    उनले सिमांकनको सवालमा पनि आफूहरुलाई झापादेखि कञ्चनपुर चाहिएको बताए । यद्यपी उनले सिमांकन आयोगका प्रतिवदेन अनुसार चाहिएको बताए ।उनले भने– ‘अहिले नदिएपनि आयोग बनाउने हो भने सीमांकन आयोग बनाउ, तर टिओआर त ठिक आउनुपर्छ, पाँच वटा जिल्लाहरु हामीले कसरी पाउने भन्ने आधार आउनुपर्छ, बाटोहरु खोल्नुपर्यो, जसबाट हाम्रो महाभारत गर्ने बाँकी त रहनुपर्यो नि, हामी त ५ जिल्ला नपाएसम्म त्यो सीमांकन स्वीकार गर्नै सक्दैनौं ।’
    सीमांकनमा मधेसी मोर्चाले मागेको पाँच जिल्ला अन्तर्गत पूर्वका झापा, मोरङ र सुनसरी एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता कृष्ण सिटौलाको अडान र पश्चिममा कैलाली र कञ्चनपुर कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भिम रावलको अडानका कारण एक इञ्च पनि हेरफेर भएको छैन् ।
     

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture