• Breaking News

    Sunday, December 18, 2016

    ५ जिल्ला मधेशमा नसमेटिए ‘महाभारत’ दाेहाेर्‍याउने राजेन्द्र महतोको चेतावनी (भिडियो सहित)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौं, ३ पुष । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशबाट अलग्याइएको पाँच जिल्ला मधेश प्रदेशमा नसमेटिए ‘महाभारत’ दाेहाेर्‍याउने चेतवानी दिएका छन् । रिपोर्टर्स क्लव नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले महाभारतमा पाँच गाउँमा युद्ध भएजस्तै अहिले पाँच जिल्ला मधेशमा नसमेटिए अर्काे महाभारत गर्ने चेतवानी दिएका हुन् । संविधान संशोधनको विरोध गर्ने एमाले संघीयताको विरोधी रहेको आरोप लगाएका उनले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकलाई मधेशको माग समेटेर परिमार्जन गरेर पारित गर्नुपर्ने बताए । अन्यथा सो विधेयक विरुद्ध सदनदेखि सडकसम्म आन्दोलन चर्काउने अध्यक्ष महतोको भनाइ छ । संसद्बाट सबै निकास खोज्नु पर्ने धारणा राखेका उनले २०७४ साल माघ ७ गते भित्र निर्वाचन नभए संविधानको अविश्यप्रति प्रश्न उब्जाए । यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै महतोले तत्काल मधेशीहरुको मागप्रति लचिलो हुन एमालेसहितका पार्टीलाई आग्रह गरे

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture