• Breaking News

    Monday, December 19, 2016

    यी हुन एमाले युवा दुर्गा तिवारीको हत्याका डिजाइनर

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    बुटवल, ५ पुस । रुपन्देहीमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीमाथि गोली हान्नेको पहिचान भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको छ।
    रुपन्देहीका मनोज पुन मगरको टोलीले तिवारीलाई गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । केही समयदेखि भूमिगत रहेका देवदह नपा ६ का २८ वर्षीय मनोज पुन भन्ने मनोज बुढा मगरले कहिले भारत त कहिले थाइल्याण्डमा बसेर बुटवलमा गुण्डागर्दी चलाउँदै आएका थिए । प्रहरीले हत्यामा संलग्न पुन समूहको खोजी गरिरहेको छ । उनीहरुले केही दिन अघिदेखि २० लाख रुपैँया नदिए ज्यान लिने धम्की दिँदै आएका थिए । घटनालगत्तै पुनले युवा संघका केही जिल्लास्तरीय नेता र संचारकर्मीलाई फोन गरी तिवारीलाई आफूले गोली हानेको बताएका थिए ।
    तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनीमा हिजो दिउँसो गोली प्रहार भएको थियो । उनी इटा व्यवसायी पनि हुन् । करिब छ महिना अघि नै रानाको समूहले तिवारीको हत्या प्रयास गरेको थियो । पुरानो रिसइबी साँध्न पुनले आफ्नो समूहका व्यक्तिलाई प्रयोग गरी गोली हानेको हुनसक्ने प्रहरीले जनाएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture