• Breaking News

    Friday, December 23, 2016

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारवाही गरे हामी हतियार लिएर सडकमा उत्रने छौ – शिवसेनाका अध्यक्ष अनिल बस्नेत

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौं ८ पुष । दरवार हत्याकाण्डको छानविन गरी पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारवाही गर्ने गरी गृहमन्त्री विमलेन्द्र निधिले विहीवार मन्त्रीपरिषदमा गरेको प्रस्तावप्रति शिवसेना नेपालले आपत्ति जनाएको छ । ‘फास्ट ट्रयाक विदेशीलाई दिने, हिन्दी भाषालाई राष्ट्र भाषाका प्रस्ताव गर्ने निधि नेपाली जनताका नेता होइनन्’ शिवसेनाका अध्यक्ष अनिल बस्नेतले एक बिज्ञप्ती जारि गरी भनेका छन् ‘पूर्वराजाप्रति प्रतिसोध साँधे हामी चुप लागेर बस्न सक्दैनौ, हतियार लिएर निस्किन्छौ ।’
    पूर्वराजा ज्ञानेन्द्र शाहले बिज्ञप्ती प्रकासित गरेको दोस्रो दिन विहीबार बसेको मन्त्रीपरिषदको बैठकमा गृहमन्त्री निधिले दरवार हत्याकाण्डको छानविन गर्नु पर्ने प्रस्ताव गरेका थिए । मन्त्रीपरिषद बैठकभित्र पूर्वराजाको बिज्ञप्तीमा छलफल भइरहेका बेला निधिले दरवार हत्याकाण्डको छानविन गरी पूर्वराजालाई जेल हाल्नु पर्ने तर्क गरेका थिए ।
    निधिको प्रस्तावप्रति असन्तुष्टी जनाउँदै शिवसेना नेपालका अध्यक्ष बस्नेतले कडा बिज्ञप्ती प्रकासित गरेका छन् । ‘भ्रमको खेति गर्ने र क्रान्तिका नाममा नागरिक मार्नेहरुको सरकार न राष्ट्रवादी हुनसक्छ नत नागरिकप्रति जवाफदेही’ बस्नेतद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘पूर्वराजाबाट देश भक्तिको आह्वान भएको हो, देशद्रोहीहरु बिज्ञप्तीले तर्साएको छ, निधि पात्र त्यसकै उपज हुन् ।’
    बस्नेतले देशद्रोही र राष्ट्रभक्तबीच लडाई सुरु भएको टिप्पनी गरेका छन् । पूर्वराजा देशभक्त भएकोले उनीमाथी प्रतिसोध साँधे हतियार लिएर निस्किने चेतावनी दिएका छन् । ‘पहिले प्रचण्ड नै राजा ज्ञानेन्द्र हुन् भनेर हल्ला फैलाइयो, त्यो सत्य सावित भएन, अब दरवार हत्याकाण्डको कुरा उठाइदैछ’ बिज्ञप्तीमा बस्नेतले भनेका छन् ‘अतिरञ्जना फैलाएर शासन चलाउने दिन अब सकिए

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture