भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
बुटवल ५ पुष । एमालेको भातृ संगठन युवा संघका अध्यक्ष दुर्गा तिवारीमाथि गोली हानी हत्या भए लगत्तै रुपन्देहीमा एमालेका अन्य युवा नेता कार्यकर्तामाथि पनि ज्यान मार्ने धम्की आएको छ ।
तिवारीको हत्यामा संलग्न भएका भनिएका मनोज पुन मगरले नेकपा एमाले रुपन्देहीको देवदह क्षेत्रका युवा संघका अध्यक्ष धुव्र खरेल (चन्द्रकान्त), अनेरास्ववियूका क्षेत्रीय अध्यक्ष कृष्ण पौडेल, युवा संघका पूर्वक्षेत्रीय सदस्य वसन्त पौडेल लगायत आधा दर्जन युवा नेता कार्यकर्तालाई टेलिफोन गरेर धम्काएका हुन् ।

तिवारीको हत्याको खबर थाहा पाउनासाथ देवदह मेडिकल कलेज पुगेका क्षेत्रीय अध्यक्ष खरेललाई हत्या आरोपी पुन मगरले ‘तिमीहरुलाई पनि एक एक गरी दुर्गाको जस्तै हालत बनाउँछु’ भन्दै टेलिफोनबाट धम्क्याएका हुन् । त्यसलगत्तै अन्यलाई पनि उनले त्यसै गरी धम्क्याएका थिए । पुन मगरले फोन गरी धम्क्याउँदा बुटवलका नेपाल प्रहरीका डिएसपी मुकुन्द मरासनी पनि खरेलसँगै थिए । उनले आफ्नो परिचय नदिई टेलिफोनकर्तासँग कुराकानी गरेका थिए । टेलिफोन संवादमा पुन मगरले आफूले नै दुर्गाको हत्या गरेको बताएका थिए ।घटनालाई अन्यत्रै मोड्न पुन मगरले जिम्मा लिएको हुन सक्ने स्थानीयको आशंका छ । अखण्ड पाँच नम्बर प्रदेशको आन्दोलन चलिरहेका कारण दुर्गाले त्यस क्षेत्रको युवा विद्यार्थीको नेतृत्व गरिरहेका थिए । आन्दोलनलाई कमजोर बनाउन दुर्गाको हत्या भएको हुन सक्ने एमालेका स्थानीय कार्यकर्ताको आशंका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment