• Breaking News

    Monday, December 19, 2016

    अपडेट: युवा संघ रुपन्देही अध्यक्षको गोली हानी हत्या, आक्रमणकारीले ‘आत्मसमर्पण’ गरे

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    ४ पुस, बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । उनलाई देवदह बजारस्थित घर नजिकै एक व्यक्तिले गोली हानेका हुन् । गाेली हानेकाे अारोप लागेका मनाेज राना पुन प्रहरीकाे नियन्त्रणमा छन् ।गोली लागेर तिवारीको मृत्यु भएको युवा संघ उपाध्यक्ष दिलु पन्तले अनलाइनखबरलाई जानकारी दिइन् । रातो पल्सर मोटरसाइकल चढेर आएका गोली चलाउने युवकले प्रहरी समक्ष आत्मसमर्पण गरेको उपाध्यक्ष पन्तले जानकारी दिइन् ।
    प्रहरीका अनुसार गोली चलाएको आरोपमा मनोज राना पुनलार्इ पक्राउ गरिएकाे छ ।
    युवा संघ उपाध्यक्ष पन्तका अनुसार अहिले युवासंघको आपतकालीन बैठक बोलाइएको छ ।
    रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलार्इ देवदह मेडिकल कलेजमा लगिएको थियो ।
    रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले गोली हान्ने समूहको पहिचान नभएको र खोजी कार्यलाई तिव्रता दिइएको जानकारी दिए । उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शील गरिएको र सम्भावित स्थानमा खोजी तिव्र पारिएको छ ।
    घटनाबारे बुझ्न पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी कमलसिंह बम पनि पोखराबाट बुटवल आउँदैछन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture