• Breaking News

    Friday, December 23, 2016

    पक्राउ परेकालाई छाड्न कार्कीको आग्रह

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    काठमाडौँ, ८ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार आफूलाई दुव्र्यवहार गर्ने दुई युवालाई रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गरेकाछन्।निलम्बित प्रमुख आयुक्त कार्कीले आज एक प्रेस विज्ञप्तिमार्फत सो आग्रह गरेकाहुन् । सर्वोच्च अदालतमा तारिख लिन जाने क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै कार्कीले हिरासतमा लिइएका व्यक्ति जोसुकै भए पनि ती कसैबाट परिचालित मात्रै भएको र वास्तविक व्यक्ति पर्दा पछाडि रहेको बताए । आफूविरुद्ध विगत केही महिनादेखि प्रहार भइरहेको भन्दै उनले विभिन्न प्रकारका षड्यन्त्रमूलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा तत्काल आउने सम्भावना कम रहेकाले पक्राउ परेका दुई युवालाई छाडिदिन आग्रह गरेकाहुन्।नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ताले निलम्बित प्रमुख आयुक्त कार्कीलाई बिहीबार सर्वोच्च अदालत परिसरमा नै दुव्र्यवहार गरेका थिए । - See more at:  

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture