• Breaking News

    Monday, December 19, 2016

    युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या यसकारण भएको रहेछ खुल्यो यस्तो रहस्य

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    बुटवल ४ पुष –  युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज राना पुनको संलग्नता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
    एक उच्च प्रहरी अधिकारीका अनुसार घटनापछि मनोजले घटना आफूले गराएको भनेका छन् । तर, प्रहरीले भने औपचारिक जानकारी नआएको बताएको छ ।तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
    तिवारीको केवीआई इँटा उद्योग छ । प्रहरीका अनुसार करिब ६ महिना अघि उद्योगमै उनीमाथि आक्रमण भएको थियो । उक्त घटनामा संलग्न ८ जना पक्राउ परेपछि मनोज भागेका थिए ।
    पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कमलसिंह बमले भने, ‘तिवारीमाथि यसअघि पनि आक्रमणको प्रयास भएको रहेछ । त्यही समूह संलग्न भएको हुनसक्छ । हामी अनुसन्धान गरिरहेका छौं ।’
    प्रहरी अधिकारीहरुले यो घटना राजनीतिकभन्दा आर्थिक लेनदेनमा भएको हुनसक्ने आशंका गरेका छन् । अनलाइनखबर बाट
     

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture