भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
धनगढी, ६ पुस । कैलाली कारागारमा रहेका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले कारागारबाटै पार्टीको सदस्यता त्याग्नु भएको छ ।
आफू जेलमा बस्दा पार्टी नेतृत्वले कुनै वास्ता नगरेकाले पार्टीको सदस्यबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने मनसाय राखेको थारुले राससलाई बताउनुभयो ।पार्टीको सदस्यता त्याग गरेकोसम्बन्धी जानकारी फ्याक्समार्फत सोमबार पार्टीको केन्द्रीय कार्यालयमा पठाइएको छ । स्वतन्त्र जीवनयापन गर्दा कानुनी उपचारका साथै अनुसन्धान एवम् छानबिन गर्न सजिलो समेत हुने भएकाले समेत पार्टीको सदस्यता त्यागेको थारुले बताउनुभयो ।
झन्डै १७ महिना अघि कैलालीको टीकापुरमा आठ प्रहरी र एक नाबालकको ज्यान जानेगरी भएको घटनाको आरोपमा पक्राउ परेका लक्ष्मण थारुसहित २५ जना कैलाली कारागारमा जेल जीवन बिताइरहेका छन् । रासस
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment