भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
पुस ४, २०७३- उर्जा मन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको भन्दै प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई बर्खास्त गरेका छन् ।
मन्त्री शर्माले कार्यकारी निर्देशक घिसिङलाई लोडसेडिङ घटाउन मद्दत गर्नुको साटो अवरोध गरेको भन्दै उनीहरुलाई सोमबार बर्खास्त गरेका हुन् ।
उर्जा मन्त्रीस्तरीय निर्णयबाट सञ्चालक सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएपछि हटाइएको जनाइएको छ ।
लोडसेडिङ मुक्त बनाउने अभियान र घिसिङलाई असहयोग गरेपछि मन्त्रालयले उनीहरुलाई स्पष्टिकरण मागेको थियो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment