काठमाडौं – बाँके वागेश्वरी गाविस वडा नं. १ धौलागिरीकि सुदिपा बानियाको यतिबेला भक्तपुर अस्पतालमा उपचार भईरहेको छ । उनको दुईवटै मृगौलाले काम नगर्दा उपचार गराई भईरहेको हो । १७ वर्षिय सुदिपा अहिले कक्षा १२ मा अध्ययनरत छिन् । आज भन्दा ६ वर्ष पहिले उनलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा सुनिने लक्षण देखा परेको थियो । अञ्चल अस्पताल भेरीका डक्टरलाई देखाउदा उनले चिसोको कारण भनेपछि सुदिपा र उनको परिवारले यस्लाई सामान्य चेक जाँच गराएको सुदिपाको हजुरबुवा खेम बानिया बताउँछन् । सुदिपा सामान्य विद्यार्थी होईनन् । उनी स्कूलमा अरु साथीको भन्दा अब्बल नम्बर ल्याएर प्रथम हुने विद्यार्थी हुन् । सुदिपा भन्छिन्–“म आज बिरामी भएको पुरै तीन महिना भएको छ । मैले पढ्न पाएको छैन । मलाई पढ्न मन छ र पछि यो देशको असल नागरिक बनेर देश चलाउन मन छ । तर मेरो सपना पुरा गर्नको लागि म बाँच्नु पर्छ । मेरो दुईवटै मृगौलाले काम गर्दैन । प्लिज मलाई बचाई दिनुस् ।
सहयोगका लागि । नाम :- खेम बहादुर बानिया खाता नं :- ४३५००००४४६१० राष्ट्रिय बाणिज्य बैंक,शाखा कार्यालय खजुरा, बाँके ।
No comments:
Post a Comment