• Breaking News

    Monday, March 27, 2017

    तीन हजार वर्षदेखि नालीमा पुरिएको थियो यो बहुमूल्य चिज, भेटिएसँगै संसारभरी हलचल

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    एजेन्सी। ऐतिहासिक ती कति गहिराइ र कहाँबाट बाहिर आउँछन् भन्ने कुरा यसै भन्न सकिन्न। इजिप्टको इतिहास

    सधैं मानिसहरुको लागि कौतुहलको विषय हुन्छ। हालै इजिप्टको राजधानी कायरोमा आर्कियोलोजिस्टले नालीबाट यस्तो चिज निकाले जसले संसारकै ध्यान तान्यो। कायरोमा मटेरिया नामको बस्तीमा आर्कियोलोजिस्टले केही वर्ष अघिदेखि ध्यान दिइरहेका थिए। यिनीहरुलाई आशा थियो त्यहाँ केही रहस्य लुकेको छ जसका कारण संसारमा हलचल आउन सक्छ। विगत चार वर्षदेखि उनीहरुले त्यहाँ उत्खनन गरिरहेका थिए। यस वर्ष मार्चको सुरुमा उनीहरुले यस्तो चिज भेट्टाए जसलाई उनहिरुले वर्षौंदेखि पर्खिरहेका थिए। यो बहुमुल्य चिज तीन हजार वर्षदेखि नालीमा पुरिएको थियो। कायरोको मटेरिया बस्तीका हजारौं वर्ष पहिला हेलियोपोलिस नामको शहर थियो। भगवान सूर्यले यही ठाउँमा पृथ्वीको रचना गरेको मानिन्छ। यहाँको नालीमा उत्खनन् गर्दै जाँदा एउटा ३० फिटको मूर्ति भेटिएको छ। हजारौं वर्ष पहिले रोमन साम्राज्यले यो ठाउँमा कब्जा गरेपछि यहाँको बस्ती ध्वस्त पारेर त्यहीँमाथि नयाँ निर्माण गरेको थियो। उनीहरुले राजा राम्सेस द्वितीयको विशाल मूर्ति पनि ध्वस्त पारेका थिए। त्यही मूर्ति अहिले उत्खनन्मा भेटिएको हो।




    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture