• Breaking News

    Tuesday, March 28, 2017

    चर्चित पार्टीहरु फुटेर भोली दुई नयाँ पार्टी जन्मदै

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस







    नीय तहको निर्वाचन नजिकिदैँ जाँदा नयाँ दल खुल्ने क्रम पनि जारी नै छ । चुनाव हुने दिन बैशाख ३१ आउने डेढ महिना बाँकी रहेको अवस्थामा भोली दुई नयाँ पार्टी जन्मने भएका छन् ।  हिजोमात्र बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पार्टी नेपालबाट निस्कासित निर्मल भट्टराई र कमल थापा नेतृत्वको राप्रपाबाट राजिनामा दिएका डा. प्रकाशचन्द्र लोहनीले छुट्टा छुट्टै पार्टी गठन गर्न लागेका हुन् ।

    यो पढ्नुस् : ९ महिनामै फुट्यो बाबुरामको नयाँ शक्ति पार्टी

    डा. लोहनीको नेतृत्वमा भोलि नयाँ पार्टी घोषणा हुने भएको छ । लोहनीको नेतृत्वमा भोलि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी निर्वाचन आयोगमा दर्ता गर्न लागिएको हो ।

    १२ बजे भित्र आयोगमा दल दर्ता गरी दिउँसो एक बजे पत्रकार सम्मेलन गरी पार्टीको घोषणा गरिने प्रचार प्रसार विभागका संयोजक महेश्वर रोकाले जानकारी दिए ।

    पार्टीमा वरिष्ठ नेता केशरबहादुर बिष्ट र वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहेको रोकाले जानकारी दिए । अधिकांश नयाँ अनुहार ल्याएर लोहनीले पार्टी चलाउने तयारी गरेका हुन् ।

    राप्रपा र राप्रपा नेपालको एकतापछि चुनाव चिन्ह हलो राख्नु पर्ने अडानमा रहेका लोहनीले चुनाव चिन्ह, अध्यक्ष कमल थापाको कार्यशैली लगायत थुप्रै विषयमा असहमति जनाउँदै फागुन ३० गते राप्रपा छोडेका थिए ।

    केशरबहादुर बिष्टले पनि कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेका हुन् ।

    यस्तै नयाँ शक्ति पार्टी नेपालले निस्कासन गरेका निर्मल भट्टराईको संयोजकत्वमा पनि भोली नै नयाँ पार्टी गठन हुने भएको छ ।

    भोली राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरी एक सय एक सदस्सीय केन्द्रीय समिति गठन गरिने भट्टराईले जानकारी दिए । पार्टीको नाम ‘नयाँ शक्ति नेपाल’ राखिने उनको भनाई छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture