भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौं, १९ चैत ।
१) शक्तिशाली सीमांकन आयोग गठन गर्ने
मन्त्रिपरिषद् बैठकले सीमांकनसम्बन्धी विवादको निरूपण गर्न तत्काल शक्तिशाली सीमांकन आयोग गठन गर्ने गरी सत्तारुढ दल तथा मधेसी मोर्चाका नेताहरूबीच सैद्धान्तिक सहमति बनेको छ । मोर्चाले सीमांकन हेरफेर गर्नुपर्ने विषयलाई प्रमुखताका साथ उठाउँदै आएको थियो । सोहीअनुसार सरकारले सीमांकन हेरफेरमा संविधान संशोधन गर्ने प्रस्ताव पनि संसद्मा लगेको थियो । तर, सो विषयमा तत्काल पारित गराउन दुईतिहाइ नपुग्ने भएपछि सीमांकन संशोधनलाई थाती राखेर आयोग गठन गर्ने तयारीमा सरकार छ ।
मोर्चासँगको सहमतिका आधारमा अबको मन्त्रिपरिषद् बैठकबाट सरकारले सीमांकन आयोग गठन गर्नेछ । आयोगलाई तीन महिनाको समयसीमा दिने गरी त्यस्तो आयोग गठन गर्ने र आयोगले दिएको सुझाबका आधारमा केन्द्र र प्रदेशको चुनावअगाडि नै सीमांकन हेरफेर टुंग्याउने तयारी हुँदै छ ।
२) स्थानीय तहको संख्या बढाउने
मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको संख्या बढाउने गरी निर्णय लिने विषयमा पनि सत्तारुढ दल र मोर्चाबीच सैद्धान्तिक सहमति भएको छ । मोर्चाले तराईमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने सर्त राख्दै आएको थियो । अहिले तरार्ईका २० जिल्लामा ३४ प्रतिशत स्थानीय तह छन् । मोर्चाले कम्तीमा ४० प्रतिशत पुर्याउनुपर्ने माग राखेको थियो । यसमा सत्तारुढ दलले जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउने विषयमा लचकता देखाएका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment