• Breaking News

    Tuesday, March 21, 2017

    नेपाली चेलीमाथी दिल्लीमा भएको दर्दनाक घटना, हप्तादिन बित्दापनि अझै छानबिन भएन

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     नयाँ दिल्ली । भारतको राजधानी दिल्लीबाट दर्दनाहक घटना बाहिर आएको छ।  गतहप्ता जुन नेपाली चेलीमाथी सामुहिक दुस्कर्म भयो अझै त्यसको छानविन हुन सकेन।

    यस घटना लगत्तै प्रवासी नेपाली मित्र मंचले यस घटनालाई सम्बन्धित निकायसम्म पुर्याउने, दोषिलाई कडा भन्दा कडा सजाए दिने र पीडितलाई क्षतिपूर्ति सहित सम्मानजनक जीवन जिउँने वातावरण सिर्जना गर्न लागेको मंचका सचिव रघुनाथ पाण्डेले बताएका छन्।

    पाण्डव नगर  प्रहरी स्टेशन (दिल्ली) मा मुद्धा दर्ता गरिएको र नेपाली दूतावास, राजनीतिक दल तथा सामाजिक संघ संंस्थासँग सहयोगको अपिल गरिएको छ ।

    यस विभत्स घटनाका वारेमा नेपाली मित्र मंच महिला संघ अध्यक्ष अनिता क्षेत्री भन्छिन्र दोषिलाई कडा सजाँए दिलाउन हामी लागि परेका छौँ, नेपाली चेलीमाथी घटेको घटना भएकै कारण भारतीय मिडियाले त्यहि महत्व दिएनन् । यस घटना एक नेपाली महिलाको मात्र नभई सम्पूर्ण नेपालीमाथिको अन्याय भएकाले सबै मिलेर लाग्न र सहयोग गर्न समेत अध्यक्ष क्षेत्रीले अपिल गरेकी छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture