• Breaking News

    Tuesday, March 21, 2017

    जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय बदर

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     काठमाडाैं। सरकारले नेपाल प्रहरीकाे महानिरीक्षकमा जयबहादुर चन्दलाइ नियुक्त गर्ने निर्णय सर्वाेच्च अदालतले बदर गरेकाे छ।  मंगलबार प्रधानन्यायाधीश सुशीला कार्कीसहित पाँच जना न्यायाधीशको संयुक्त इजलासले चन्दलाई आइजिपी बनाउने सरकारको निर्णय बदर गर्ने फैसला सुनाएको हो। सर्वोच्चको यो फैसलासँगै जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्ने बाटो बन्द भएको छ।

    सर्वोच्चमा आइजिपी बहस आइतबारदेखि चलेका थियो। सोमबारको  बहसमा प्रधानन्यायाधीश सुशीला कार्की पनि सहभागि भएकी थिइन् । सरकारी वकिलका तर्फबाट टिकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका थिए ।

    यसैगरी रिट निवेदकका तर्फबाट अधिवक्ता भीमार्जुन आचार्य, बद्रीबहादुर अधिकारी, तुलसी भट्ट, टीकाराम भट्टराई लगायतले जवाफी बहस गरेका थिए ।  सोमबारको  बहसमा डीआइजी जयबहादुर चन्द पक्षका वकिलहरु अदालतमा उपस्थित भएका थिएनन् ।

    सरकारका तर्फबाट वकिलहरुले बिहान बहस गरेपनि चन्द पक्षका व्यक्तिगत वकिलहरु भने बहसमा आएनन्। अदालतले उनीहरु आइनपुगेपछि तोकिएको समयभन्दा थप ५ मिनेट समय दिएको थियो। तर, चन्द पक्षका वकिल उक्त समय भित्र पनि नआएपछि सिलवाल पक्षका वकिलले जवाफी बहस सुरु गरेका थिए ।

    सरकारले फागुन १ गते डिआईजी जयबहादुर चन्दलाई आइजीपी बढुवाका लागि सिफारिस गरेको थियो। आइजीपी सिफारिस गरेको दुई घन्टा बित्न नपाउँदै सर्वोच्चले सरकारको निर्णय यथास्थितीमा राख्न  अन्तरिम आदेश जारी गरेको थियो।

    अदालतको आदेशपछि सिफारिस कार्यान्वयनमा रोक लागेको थियो। सरकारले डिआइजी चन्दलाई आइजिपीमा बढुवा गरेपछि त्यसविरुद्ध आइजिपीका दाबेदार सिलवाल र नियुक्ति अघि र पछि अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture