• Breaking News

    Monday, March 27, 2017

    कैलालीमा हिसिलाको नयाँ ‘स्टन्ट’, देखिइन् थारु अवतारमा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस





    विभिन्न ‘स्टन्ट’ गरेर चर्चामा आइरहने नयाँ शक्तिकी नेतृ हिसिला यमीले कैलालीमा नयाँ स्टन्ट देखाएकी छिन् ।


      नयाँ शक्ति पार्टीकी नेतृ यमी थारु महिलाको अवतारमा देखिएकी हुन् । नयाँ शक्लिे संचालन गरिरहेको हिमाल–पहाड– तराई/मधेस राष्ट्रिय अभियानका क्रममा धनगढी पुगेकी हिसिला थारु भेषमा देखिएकी हुन् ।

    धनगढीमा आयोजित शक्ति प्रदर्शनमा अभिनेत्री तथा नयाँ शक्ति नेतृ करिश्मा मानन्धरका साथमा थारु पहिरनमा सजिएकी बाबुराम पत्नी हिसिला यमी प्रशन्न मुन्द्रामा देखिएकी थिइन् ।

    नयाँ शक्तिको कार्यक्रममा संयोजक बाबुराम भट्टराई, अर्का नेता नवराज सुवेदी र अभिनेतृ करिष्मा मानन्धर पनि सहभागी थिए । तर अरु कुनै नेताहरु हिसिलाको जस्तो स्टन्ट नदेखाइकन सहज भेषमा प्रस्तुत भएका थिए ।

    नयाँ शक्तिको उक्त अभियान आज धनगढीबाट सकिने छ ।


    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture