• Breaking News

    Sunday, March 26, 2017

    धर्मशालामै यौनधन्दा, प्रहरीले छापा हानेपछि खुल्यो पोल

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    भद्रपुर, १३ चैत । धर्मशालाका चौकीदारको मिलोमतोमा यौनधन्दा चलाउने गरेको पाइएको छ । झापाको भद्रपुरस्थित मोहपाल धर्मशालावाट प्रहरीले छापा मारेपछी यौनधन्दा चलाउने गरेको घटना बाहिर आएको हो ।
    धर्मशालामा कार्यरत भद्रपुर ५ का अन्दाजी ४० वर्षीय चौकीदार नापीलाल राजवंशी र स्थानीय युवा समूहको आपसी लेनदेनमा धन्दा चलाउदै आएकोे प्रहरीले यौनकर्मीलाई नियन्त्रणमा लिएपछि पुष्टि भएको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको असई चित्रबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले शुक्रवार राती धर्मशालामा छापा मारेर स्थानीय एक १७ वर्षीय युवतीलाई नियन्त्रणमा लिएपछि घट्ना सार्वजानिक भएको होे ।
    धर्मशालामा कोठा भाडा लिएका भद्रपुरका केही युवाले युवती लगेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर कुलप्रसाद चौधरीले बताए ।

    धर्मशालाको मूल ढोकालाई चौकीदार राजवंशीले खोल्न नमानेपछि प्रहरीले पर्खाल नघारेर छापा मारेको थियो । प्रहरी ढोकामा आएको सूचना पाएपछि युवतीसँग रहेको तीन जना युवक माग्न सफल भएको प्रहरीले जनाएको छ ।प्रहरीले युवतीलाई आपत्तीजनक अवस्थामा फेला पारेको थियो ।
    प्रहरी स्रोतका अनुसार युवतीलाई एक हजार दिने सर्तमा भद्रपुरका रोशन कामतीले धर्मशालामा लगेका थिए । रोशनले उनको साथीद्धय राजिव कामती र पिकी कामतीलाई पनि बोलाएका थिए ।
    उनीहरू तीनै जना युवतीसँग रहेको युवतीले प्रहरीलाई बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीले तीनै जना युवकलाई पक्राउ गर्न शनिवार बिहान उनीहरूको घर पुगेपनि कोही फेला नपरेको र तीन जना भारत भागिसकेको प्रहरीले आशंका गरेको छ ।
    नियन्त्रणमा लिएका युवती र चौकीदार राजवंशीलाई आवश्यक अनुसन्धानका लागि वडाले जिल्ला प्रहरी कार्यालय पठाएको छ । प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले घटनाको अनुसन्धान भइरहेको र फरार युवकहरुको खोजी भइरहेको बताए ।
    होटेल तथा लज भन्दा धर्मशाला सुरक्षित स्थान भएकोले युवा समूहले युवतीहरुलाई धर्मशालामा लगेर यस्तो काम यसअघि पनि गर्दै आइरहेको स्थानीयबासीको भनाई छ

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture