• Breaking News

    Saturday, March 4, 2017

    एमालेको मेची-महाकाली अभियान : आज मोरङ र सुनसरीमा विशाल आमसभा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    झापा । एमालेको  मेची-महाकाली अभियानअन्तर्गत आज मोरङको बिराटचोक र सुनसरीको इनरुवामा र्‍याली तथा सभा आयोजना हुने भएको छ।

    शनिबारबाट सुरु भएको मेची महाकाली अभियान अन्तर्गत आज दोश्रो दिन मोरङ जिल्लाको बिराट चोक र सुनसरीको इटहरीमा र्‍याली सहितको आमसभा हुने भएको हो । मोरङको बिराट चोकमा हुने र्‍यालीमा एमालेका उपाध्यक्ष बामदेव गौतम, भीम रावल लगाएतका नेताहरुले सम्बोधन गर्ने छन् भने ईटहरीमा वरिष्ठ नेता माधव कुमार नेपाल लगाएतका नेताहरुले सम्बोधन गर्ने भएका छन्।

    हिजो शनिबार झापाबाट मेची महाकाली अभियानको एमालेका शिर्ष नेताहरुले सुरुवात गरेका हुन्।  तराईकेन्द्रित मेची–महाकाली राष्ट्रिय जागरण अभियानको पहिलो दिन हिजो झापाका तीन शहरमा ठूला आमसभा र र्‍याली निकालिएको थियो।

    पूर्वी झापाको काँकडभिट्टामा एमाले अध्यक्ष केपी ओलीले एक समारोहबीच राष्ट्रिय तथा पार्टीको झन्डा सचिव तथा प्रदेश नम्बर–१ का संयोजक भीम आचार्यलाई हस्तान्तरणगरी अभियान उद्घाटन गरेका हुन् । चैत ५ सम्म चल्ने मेची महाकाली अभियान महेन्द्रनगर हुँदै सुर्खेतमा फर्किएर सभा आयोजना समापन हुने एमालेले जनाएको छ।

    यस्तो छ मेची-महाकाली राष्ट्रिय अभियानको कार्यतालिका

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture