भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
नवलपरासीको मदननगरका थानेश्वर भुसाल ४ वर्षदेखि साउदी अरवको जेलमा बन्दी जीवन विताइरहेका छन् ।
साउदीमा थानेश्वरले चलाएको गाडीले सडक दुर्घटनामा दुई जानको ज्यान गएपछि उनी जेल परेका थिए । अब ४५ लाख रुपैयाँ ‘ब्लडमनी’ दिन सके उनी छुट्छन्, नभए उनी जेलमै रहनेछन् ।
भुसाल परदेशको कालकोठरीमा जति पीडा भोग्दैछन्, त्योभन्दा ठूलो पीडा यो वृद्धहरु मात्रै रहेको परिवारलाई परेको छ ।
यो परिवारलाई विहान-बेलुकाको छाक टार्न नै समस्या छ । छोरालाई विदेश पठाउने बेला झुपडीका जसोतसो गुजारा गरिरहेको उनीहरुलाई आश थियो, छोराले कमाउँला र सुखको सास फेर्न पाइएला ।
तर, छोरा जेल परेपछि पैसा आउन छाडेको छ नै, छोरालाई बचाउने हो भने ४५ लाख रुपैयाँ जम्मा गर्नु पर्ने भएको छ । कहाँबाट जुटाउने यति ठूलो रकम ? यही पिरले आमा यमकलालाई पोलिरहन्छ ।
भिडियोमा हेर्नुहोस् थानेश्वरकी आमाको वेदना:
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment