• Breaking News

    Sunday, April 30, 2017

    संसोधनका पक्षमा दुईतिहाइ नपुग्ने देखिएपछि संविधान संशोधन अघि बढेन, २१ गतेसम्मका लागि संसद बैठक स्थगित

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

      
    संसोधनका पक्षमा दुईतिहाइ नपुग्ने देखिएपछि संविधान संशोधन अघि बढेन, २१ गतेसम्मका लागि संसद बैठक स्थगित  

    काठमाडौं, १७ बैशाख । सभामुख ओनसरी घर्तीले संविधान संशोधन प्रस्तावमा छलफल र मतदान हुने भनिएको संसदको बैठक आगामी बिहिबारसम्मका लागि स्थगित गरेकी छन्। पूर्वसांसद नथुनीसिंह दनुवारको मृत्युमा शोक प्रस्ताव पारित गरेपछि सभामुख घर्तीले अब अर्को बैठक २१ गते बस्ने जानकारी संसदलाई गराईन्। आजको संसदको कार्यसूचीमा सरकारको संविधान संशोधन प्रस्तावमाथि दर्ता भएका संशोधन प्रस्तावमा छलफल गर्ने तय थियो। सत्तारूढ दलले संविधान संशोधनक पक्षमा दुई तिहाई पुगेमा आजै मतदानमा लैजाने प्रयत्न गरेका थिए। तर, संशोधनका पक्षमा दुई तिहाई पुगेकोमा सरकार आश्वस्थ हुन नसकेको र एमालेले पनि अवरोध गर्नसक्ने सम्भावनाका बिच सभामुखले बैठक सारेकी हुन्। सत्तारूढ दल माओवादी केन्द्रकी नेतृ सभामुख घर्तिमगरले २१ गतेसम्मका लागि बेठक स्थगित गरेपछि सत्तारूढ दलले संशोधनका पक्षमा दुई तिहाई पुर्‍याउन नसकिएको विश्लेषण गरिएको छ। शनिबार साँझ सेतोपाटीसँग कुरा गर्दै सत्तारूढ दलका एक नेताले संशोधनका पक्षमा दुई तिहाई पुग्ने अवस्था नदेखिए सरकारले प्रस्ताव मतदानमा नलैजाने र प्रक्रिया लम्बिनसक्ने बताएका थिए। अब संसद बैठक पहिलो चरणको स्थानीय निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने मिति १९ गतेभन्दा पछि सरेको छ। हिजो साँझ बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले वैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने र संविधान संशोधनलई पनि यथासिघ्र टुंगोमा पुर्‍याउने निर्णय गरेका थिए।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture