• Breaking News

    Saturday, April 29, 2017

    एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई भारतले दिने भयो आठ लाख क्षतिपूर्ति

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई भारतले दिने भयो आठ लाख क्षतिपूर्ति

     पर्सा (पोखरिया), १६ वैशाख । भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् ।

    बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको विसं २०६६ साल असोज १७ गते भारतको बिहार जमुनिया नजिकै एसएसवीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

    जमुनिया बजारबाट उपभोग्य सामान खरिद गरी फर्किने क्रममा एसएसबीसँग विवाद हुँदा यादवको गोली हानी हत्या गरिएको थियो ।

    निर्दाेष व्यक्तिको हत्या भएको भन्दै दुवै देशका मानवअधिकारवादी सङ्घ सङ्गठन र विभिन्न सङ्घसंस्थाले चर्काे विरोध गरेपछि आठ वर्ष पछि मृतक नेपालीको परिवारले क्षतिपूर्ति पाउने भएका हुन् ।

    एसएबीका प्रहरी अधिकृतले बारा र पर्साका प्रहरी प्रशासनलाई यही वैशाख ७ गते पत्राचार गर्दै मृतक यादवलाई रु पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्र्ति दिने निर्णय गरिएको जनाएको छ ।

    रासस

    यस अधि सरकारले यादव परिवारलाई क्षतिपुर्ति दिने निर्णय गरेको थियो ।

    कंचनपुरमा मारिएका गोविन्द गौतमको मृतयसमा भने भारतले अझै गल्ती स्वीकार गरेको छैन । र, क्षतिपुर्ति दिन आनकानी गरेको छ ।

    गौतम परिवारलाई सरकारले भने १० लाख क्षतिपूर्ति दिएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture