भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
बाटो बिराएर धादिङको रुवीभ्याली स्थित पान्साङपास भन्दा केही तल भिरमा फसेका उनलाई सिम्रिक एयरका पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले बुधबार दिउंसो जिवितै उद्धार गरेका हुन् ।नेपाल घुम्न आएका यि ताइवनी जोडी फागुन २० गते देखि धादिङको रुवीभ्याली क्षेत्रबाट परिवारसँग सम्पर्क पछि वेपत्ता बनेका थिए ।उनी २ हजार ६०० मिटर उचाइको क्षेत्रमा भेटिएका हुन् । उनकी प्रेमिकाको भने निधन भएको छ ।खोजीमा जुटेका स्थानीय र राजधानीबाट खटेको उद्धारटोलीले ४७ दिन पछि बुधबार धादिङको रुवीभ्याली स्थित एक खोला किनारको ओडारमा यि दुई ताईवानी नागरिकलाई फेला पारेका थिए । परिवार र ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासी दावा तामाङ र अन्य उनको साथीमा स्थानीयवासीलाइ प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओडारमा बसेको अवस्थामा युवकलाई गम्भिर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारे पछि एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेका थिए ।बुधबार उद्धार टोलीले भेट्टाउँदा लियान सेङ यू लियान सेङ यूको कपाल हिउँले ढाकिएको थियो भने नजिकै लिउ चेन युनको शव थियो ।
उद्धार पछि सिम्रीक एयरको हेलिकप्टर मार्फत काठमाडौ ल्याइएको थियो । लङलाइट रेस्क्यु गर्नेमा सिम्रिक एयर मुलुककै पहिलो हेलिकप्टर कम्पनी हो ।लियान सेङ यूको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ र, उन खतरामुक्त छन् । उनी अहिले कुराकानी गर्न सक्छन् ।
उनलाई घटना स्थलमा भेट्ने यिनै हुन दावा तमाङ जस्ले ताईवानी नागरिकलाई बचाए हेर्नुहोस घटनाको बिवरण यसरि सुनाउदै छन् भिडियो :
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment