• Breaking News

    Saturday, April 29, 2017

    बेपत्ता बालकको शव गाडिएको अवस्थामा भेटियो : घाँटी काटेर हत्या गरेको आशंका

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    बेपत्ता बालकको शव गाडिएको अवस्थामा भेटियो : घाँटी काटेर हत्या गरेको आशंका

      सिरहा : बुधबार साँझ बेपत्ता भएका एक बालको शव हत्या गरेर गाडिएको अवस्थामा भेटिएको छ । सिरहाको नरहा–३ खोरियाबाट बुधबार साँझ बेपत्ता भएबा बालक शुक्रबार साँझ भेटिएका हुन्।
    घर नजिकैको भाण्टामारीमा घाटीरेटी हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा स्थानीय भरोसी यादवका दुई वर्षका छोरा रमनको शव फेला परेको हो ।
    बुधबार देखि नै प्रहरी र परिवारका सदस्यले खोजी गरेका भए पनि बालकलाई भेटेका थिएनन्। प्रहरीले शुक्रबार साँझ भने कुकुरको साहायतामा बालकको शव भेटेको हो । कुकुरले माटो खनेपछि प्रहरीले खनेर बच्चाको शव निकालेको छ ।
    शवको प्रकृति हेर्दा घाँटी रेटेर हत्या गरेको प्रहरीको भनाइ छ । बालक रमनको शव पोष्टमार्टमका लागि सिरहा जिल्ला अस्पताल लगिएको छ ।
    बुधबार साँझ बालक हराएकै दिन हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा दुईजनालाई पक्राउ गरे पनि उनीहरुको नाम भने सार्वजनिक गरेको छैन।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture