• Breaking News

    Sunday, April 30, 2017

    महाअभियोगविरुद्ध एमाले अखिलको मसाल जुलुस

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    महाअभियोगविरुद्ध एमाले अखिलको मसाल जुलुस

     १७ वैशाख,काठमाडौं । सत्ता गठबन्धनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको घटनालाई स्वतन्त्र न्यायालयमाथिको आक्रमण भन्दै एमालेका भातृसंगठनले आन्दोलन घोषणा गरेका छन् । न्यायपालिकामाथिको आक्रमण अस्वीकार्य भन्दै अनेरास्ववियु र युवा संघले आन्दोलन घोषणा गरेका हुन् ।

    महाअभियोग विरुद्ध अनेरास्ववियुले आइतवार साँझ बागबजारमा मसाल जुलुस निकालेको छ । सरकार र सत्तापक्षको बिरुद्ध नाराबाजी गर्दै मसाल जुलुस प्रदर्शन गरेको अनेरास्ववियुले स्थानीय चुनाव हुन नदिन सत्तापक्ष अदालतमाथि जाइलागेको आरोप लगाएको छ ।

    मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष नविना लामा र महासचिव ऐन महरले भ्रष्टाचारका मुद्दाको फैसला हुन लागेपछि डराएर सत्ताधारी नेताहरु महाअभियोगमा उत्रिएका आरोप लगाएर । अखिलको सोमवार स्थायी कमिटी बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने महासचिव ऐन महरले बताए ।

    यता युवा संघले आइतवार साँझै नयाँ बानेश्वर प्रधानमन्त्री र कांग्रेस सभापति शेरवहादुर देउवाको पुत्ला दहन गरेको छ ।  Online khabar

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture