• Breaking News

    Sunday, April 30, 2017

    एमालेलाई पाखा लगाएर कांग्रेस संसोधन गर्न डरायो र भन्यो एमाले बिना अघि बढ्न सकिदैन

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    एमालेलाई पाखा लगाएर कांग्रेस संसोधन गर्न डरायो र भन्यो एमाले बिना अघि बढ्न सकिदैन  

     काठमाडौं, १७ बैशाख । अन्तत : काँग्रेसले एमालेलाई पाखा लगाएर संसोधनमा अघि बढनु गल्ती भएको स्वीकारेको छ । नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमतिमा ल्याएर संविधान संशोधन प्रस्ताव पारित गर्न हरसम्भव प्रयास गर्ने भएको छ । पार्टी संसदीय दलको आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले एमालेलाई समेत सहमतिमा ल्याएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय गरेको हो । बैठकले संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको एमालेलाई पनि सहमति ल्याएर संविधान संशोधन गर्न सबैभन्दा उत्तम विकल्प हुने निष्कर्ष कांग्रेसले निकालेको हो । सबै दललाई सहमतिमा लिएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय पनि काँग्रेसले गरेको छ । राजनितीक विश्लेषकहरुले एमालेबिना कांग्रेस अहिले संसोधनमा जान डराएको र एमाले बिना अघि बढ्न सकिदैन भन्ने महसुस गरेको बताएका छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture