• Breaking News

    Saturday, April 29, 2017

    के हो क्यान्सर रोग? कसरी लाग्छ? कसरी बच्ने?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    के हो क्यान्सर रोग? कसरी लाग्छ? कसरी बच्ने?


     हाम्रो शरीर स–साना कोषिकाहरुवाट बनको हुन्छ । यी कोषिकाहरु नियमित रुपमा विभाजन भइ नयाँ कोषिकाहरु बन्दै जान्छन् र पुरानो कोषिकाहरु नष्ट हुदैं जान्छन् । यी कोषिकाहरु विभाजन हुने र बढ्ने प्रकृया नियन्त्रित रुपमा भइ रहेको हुन्छ । यी कोषिकाहरुको विभाजन अनियन्त्रित तरिकावाट हुन गएमा अथवा कोषिकाहरुलाई नियन्त्रण गर्ने क्षमता हाम्रो शरीरमा कम हुदै गएमा क्यान्सर रोग लाग्ने सम्भावना वढी हुन्छ ।
    हाम्रो शरीरमा रहेका ति कोषिकाहरुको विभाजनलाई नियन्त्रण गर्ने एक प्रकारको जीन हुन्छ । जव जीनले आफ्नो काम गर्दा कुनै प्रकारको रोकावट भएमा हाम्रो शरिर भित्र भएको कोषिकाहरु अनियन्त्रित हुन गइ शरीरको कुनै सिन भागमा ट्युमर (गाँठो) देखा पर्दछ । त्यसमध्ये कुनै शरिरको अन्य भागमा सरेर नजाने अर्थात एकै ठाउँमा रहने, छिटो नवढ्ने तथा शरिरको अंग भित्र छिरेर नजाने र शल्यक्रिया पछि पुःन पलाएर नआउने गाँठो हुन्छ र त्यसलाई सामान्य ट्युमर Benign tumor भनिन्छ । त्यो भन्दा अर्को प्रकारको ट्युमर एकदमै कम खतरा युक्त हुन्छ । शरिरको अन्य भागमा सरेर जाने, एकै ठाउँमा नवस्ने, छिटो छिटो वढ्ने, शरिरको अंग भित्र छिरेर जाने र शल्यक्रिया पछि पुःन पलाएर आउने तथा अस्वाभाविक तरिकावाट वृद्धि भई शरिरलाई हानी पुर्याएमा त्यस्तो ट्युमर अर्थात गाँठोलाई हानिकारक ट्युमर Malignant tumor अर्थात क्यान्सर रोग लागेको भनिन्छ । अहिले विश्वमा कुल जननसंख्या ७,०५,४४,४६,००० मध्ये हरेक वर्ष करिब ८,२०,१६,००० नयाँ बिरामीको क्यान्सरका कारणले मृत्यु हुन्छ । त्यस्तै नेपालमा कुल जनसंख्या मध्ये हरेक वर्ष करिब ३२००० नयाँ बिरामीको क्यान्सरका कारणले मृत्यु हुन्छ ।

    क्यान्सर रोग यही कारणवाट हुन्छ भनेर यकिनका साथ भन्न सकिदैन तर पनि कार्सिनोजेन्स नामक विशेष पदार्थवाट मानिसमा क्यान्सर रोग लाग्न सक्ने सम्भावना अवश्य नै वढी हुन्छ । उदाहरणको लागि धुम्रपान तथा सुर्तिजन्य वस्तु धेरै सेवन गर्ने व्यक्तिलाई मुख, घाँटी तथा फोक्सोको क्यान्सर हुने सम्भावना वढी हुन्छ । जंक फुड वोसो युक्त मासु खानाले स्तन, आन्द्रा तथा पित्ताशयको क्यान्सर हुन सक्तछ । त्यसैले ५० प्रतिशत क्यान्सर रोग हामीले खाने वानीमा भर पर्दछ । क्यान्सर रोग कुनै सरुवा तथा संक्रामक रोग होइन । एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्ने खालको रोग होइन । यद्यपि क्यान्सरको कोषिकाहरु रक्त प्रवाह द्वारा शरिरको अन्य भागमा भने फैलिन सक्तछ । हाल सम्म भेटिएका सर्वेक्षणलाई लिएर हेर्दा परिवारमा आमालाई स्तन क्यान्सर भएको छ भने ५० प्रतिशत छोरीहरुमा पनि स्तन क्यान्सर हुने गरेको पाइन्छ ।

    क्यान्सरका चरणहरुः

    १. पहिलो चरण (First stage): पहिलो चरणमा क्यान्सर रोगलाई पत्ता लगाउन सकियो भने शत प्रतिशत निको पार्न सकिन्छ ।
    २. दोस्रो चरण(second stage): दोस्रो चराणमा पत्ता लाग्यो भने निको पार्न सकिन्छ तर धेरै खर्चिलो, लामो समय सम्म उपचार गराउनु पर्ने हुन्छ ।             ३. तेस्रो चरण (third stage): तेस्रो चरणमा पत्ता लाग्यो भने क्यान्सर रोग निको पार्न सकिदैन तर विरामीको जीवनलाई केहि हदसम्म लव्याउन सकिन्छ ।
    ४. चौथो चरण (fourth stage): चौथो चरणको क्यान्सर रोगलाई केहि गर्न सकिदैन तर रोगको कारणले उत्पन्न अन्य समस्याहरुलाई व्यवस्थापन गर्न सकिन्छ ।

    क्यान्सरका लक्षणहरु :

    १.निको नहुने खोकी वा धोक्रो स्वर भएमा,     २. नदूख्ने गिर्खा स्तन या अरु ठाउमा आएमा,   ३. कोठीको आकार परिवर्तन भएमा(ठुलो हुदै गएमा,  ४. निको नहुने घाउ भएमा,   ५. अत्याधिक रक्तस्राप या पीप आएमा,    ६. दिशा वा पिसावको वानीमा फरक परेमा,     ७. अपच वा निल्न गाह्रो भएमा      ८. अस्वभाविक रुपमा शरिरको तौल घट्दै गएमा ।
    माथिका लक्षण हरु देखा परेमा सम्वन्धित विशेषज्ञलाई देखाएर आवश्यक जाँचहरु गराइ उपचार गराइ हाल्नु पर्दछ । समय मा नै उपचार गराएमा क्यान्सर रोग पनि निको हुन सक्तछ ।

    क्यान्सरवाट कसरी वच्न सकिन्छ ?

    उपचार भन्दा यो रोगको वचावट राम्रो कुरा हो । करिव ६० प्रतिशत क्यान्सरवाट वच्न या जोगिन सकिन्छ । केहि निम्न केहि सरल सावधानिहरु अपनाउन सकिन्छ ः
    १. रिरको कुनै अंगमा धेरै समय सम्म चिलाउने भएमा यथासम्भव चाँडो सो रोक्ने उपाय गर्ने ।    २. म या वढी हावामा धेरै वेर नवस्ने ।     ३. . वच्चा जन्मदा भएको गर्भाशयको चोट या घाउको तत्काल उपचार गरि निको पार्ने ।   ४.  स्तनहरुको जाँच नियमित रुपमा आफै गरिरहने ।   ५.  बाङ्गो टेढो दाँतहरुको उपचार गर्ने र ठीक ठाउँमा नबसेको नक्कलि दाँत मिलाइ उपचार गर्ने ।     ६.  शंकास्पद कुनै लक्षण देख्ना साथ तुरुन्त क्यान्सर रोग विशेषज्ञसंग सम्पर्क गर्ने । सतर्कता तथा समझदारीवाट व्यक्तिले आफ्नो ज्यान बचाउन सक्दछ ।    ७.  नियमित रुपमा क्यान्सर विशेषज्ञद्वारा वर्षको १ पटक शरिरको परिक्षण गराउने । ४० वर्ष पुगेका महिलाहरुले हरेक दुई दुई वर्षमा मेमोग्रापी गराउनु पर्दछ ।  ८.  रोगको शंका भएमा यथाशिघ्र क्यान्सर विशेषज्ञद्वारा परिक्षण गराई आवश्यक अन्य जाँचहरु गराउने ।

    क्यान्सरको उपचार विधि

    १. शल्यक्रिया        २. रेडियो थेरापी     ३. केमोथेरापी      ४. इम्यूनोथेरापी         ५. फिजियोथेरापी
    क्यान्सर रोगको पत्ता लगाउन सवैभन्दा उपयुक्त तरिका भनेकोे नियमित रुपमा वर्षमा एक पटक आफ्नो जाँच क्यान्सर विशेषज्ञवाट गराउनु हो ।
    क्यान्सर तव मात्र रोग डर लाग्दो हुन्छ जव तपाइ त्यसप्रति लापरवाहि गर्नुहुन्छ । आज धेरै भन्दा धेरै व्यक्तिहरु न केवल क्यान्सर रोगसंग संघर्ष गरिरहेका छन् । उनीहरु सामान्य एवं सफल जीवन विताउन पनि समर्थ भएका छन् । यो रोगको उपचार सहज बनाउनका निमित्त सरकारले विपन्न नागरिक औषधोउपचार कोष अन्तर्गत क्यान्सर रोगिहरुलाई रु. एक लाख सम्मको सुबिधा उपलब्ध गराएउँदै आएकोे छ । यो सुबिधा यस अस्पतालमा पनि उपलब्ध छ । क्यान्सर रोग हुनु कुनै लाज लाग्ने कुरा होइन तर रोगको उचित समय र प्रक्रियावाट उपचार गराउन ढिलो गर्नु हुदैन ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture