• Breaking News

    Saturday, April 29, 2017

    होला संशोधन प्रस्ताव पारित ? यस्तो छ अंकगणित

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    होला संशोधन प्रस्ताव पारित ? यस्तो छ अंकगणित



     काठमाडौं, बैशाख १७– सरकारले गत चैत २९ गते व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन विधेयक आज प्रक्रिया लैजाने तयारी गरिएको छ ।

    संशोधन विधेयकमाथि शनिबार साढे १० बजेसम्म सत्तारुढ दल प्रतिपक्षी एमालेसहितका साना दलका साथै सांसदहरुले व्यक्तिगत रुपमा समेत गरी ५० ओटा संशोधन हालेका थिए । संसद सचिवालयले संशोधनका लागि दिएको ७२ घण्टाको समयसीमा शनिबार साढे १० बजे सकिँदा सो संशाधन परेको हो ।

    यी सबै संशोधनलाई समेटेर संशोधनसहितको विधेयक आज बस्ने व्यवस्थापिका संसद्मा पेश गर्ने सरकारको तयारी छ । संसद बैटक बिहान ११ बजेको लागि बोलाइएको भएपनि यो समाचार तयार पार्दा सम्म अझैं बस्न सकेको छैन । बैठक बस्न ढिलाई हुँदै गर्दा दलहरु अहिले आन्तरिक छलफलमा व्यस्त रहेका छन् ।

    सरकार संशोधन विधेयकमा प्राप्त संशोधनसहित संसद्मा नै दफावार छलफल गराउने रणनीतिमा छ । सोही रणनीति अनुसार संयुक्त संशोधन दर्ता गरी सरकारले विधेयक छोटो रूपमा पारितको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सरकारको तयारी अनुसार नै प्रक्रिया अघि बढे सम्भवतः आइतबार नै संशोधन विधेयकको अन्तिम टुंगाे लाग्नेछ ।

    संशोधन विधेयक निणयार्थ पेश गर्ने तयारी भइरहँदा संसद्को अङ्कगणित समेत चर्चामा छ । हाल संसद्मा ५९३ सदस्य कायम छन् । कायम सङ्ख्या अनुसार सरकारलाई विधेयक पारित गराउन संवैधानिक प्रावधान अनुसार ३९६ सांसद् आवश्यक पर्छन् ।

    प्रतिपक्ष गठबन्धनमा रहेका ९ दलमध्ये परिवार दलसहितका दुई दल अनिर्णित छन् । ती दलको साथ पाएमा सरकार प्राविधिक रूपमा ३९६ सङ्ख्या जुटाउन सक्छ । तर, एकमात्र अनुपस्थितिले पनि विधेयक फेल हुन सक्छ ।

    प्रतिपक्ष गठबन्धनमा एमालेसँग १८१ सदस्य छन् । यस्तै, नेकपा मालेका ५, नेपाल मजदुर किसान पार्टीका ४, राष्ट्रिय जनमोर्चाका ३, बहुजन शक्ति पार्टी १, मधेश समता पार्टी १ र बौद्धिक जनपरिषद्को १ सिट प्रतिपक्षी गठबन्धनसँग छ । प्रतिपक्षीसँग कुल १९६ सांसद् छन् । प्रतिपक्ष गठबन्धनमा आबद्ध रहेको परिवार दल अनिर्णित छ । परिवार दलले संशोधनको पक्षमा सहयोग गरेपनि एक सांसद् अझै निर्णयक हुने अवस्था छ ।

    सरकारले प्रतिपक्ष गठबन्धसँगको १९६ मध्ये एक सांसद् आफ्नो पक्षमा पार्न सकेमा प्राविधिक रूपमा प्रस्ताव पारित हुन सक्छ ।

    तर अर्को कठिनाई पनि सरकारसामु रहेको छ । सत्तारुढ दल राप्रपाभित्र सशोधन प्रस्ताव पारित हुन नसक्ने भन्दै केहि सांसदहरुले छुट्टै भेलामा सक्रिय रहेको बताइएको छ । यस्तो अवस्थामा भोट क्रस हुने सम्भावना रहेको भएकाले राप्रपा संस्थापन गम्भरि छलफलमा जुटेको बताइएको छ । यही विषयसहितका महत्वपूर्ण निर्णय गर्न राप्रपाको संसदीय दलको बैठक समेत बोलाइएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture