• Breaking News

    Sunday, April 30, 2017

    राष्ट्रपतिले प्रधानमन्त्री प्रचण्डलाई शीतलनिवास बोलाइन्, राजनीतिक सुरु भयो खैला बैला अब के होला ??

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    राष्ट्रपतिले प्रधानमन्त्री प्रचण्डलाई शीतलनिवास बोलाइन्, राजनीतिक सुरु भयो खैला बैला अब के होला ??


     १७ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई शीतल निवास बोलाएकी छिन् ।

    प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति भण्डारीवीच सोमबार बिहान ९ बजे भेट तय भएको शीतलनिवास स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
    पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएकी हुन् ।

    प्रधानन्यायाधीश सुशीला कार्कीमाथि आइतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यसको तरंग राष्ट्रपति कार्यालयसम्म पुगेको छ ।

    महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै गहृमन्त्री विमलेन्द्र निधीले राजीनामा दिएका छन् । सत्ता साझेदार राप्रपा नेपाल पनि सरकारबाट बाहिरिने हो कि भन्ने चिन्ता छ । यी सबै घटनाक्रमहरुका कारण बैशाख ३१ को चुनाव प्रभावित हुने हो कि भन्ने भय उत्पन्न भएको छ ।

    पछिल्लो राजनीतिक तनावका विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राखेको शीतलनिवास स्रोतले बतायो ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture