• Breaking News

    Sunday, April 30, 2017

    एमाले बिना संसोधन अघि नबढेपछि मधेशी दलले गरे एक्कासी यस्तो निर्णय -अब कता जाला देशको राजनीति ?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     
    एमाले बिना संसोधन अघि नबढेपछि मधेशी दलले गरे एक्कासी यस्तो निर्णय -अब कता जाला देशको राजनीति

     काठमाडौ, १७ वैशाख । संविधान संशोधन विधेयक पारित गराउन आज बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक २१ गतेका लागि सरेको छ ।
    व्यवस्थापिका संसदको बैठक सरेसँगै बैशाख ३१ गते स्थानीय तहको चुनाव हुने नहुनेमा झन अन्योल भएको छ ।

    १९ गते स्थानीय तहमा भाग लिने उम्मेदवारहरुको मनोनयन हुनेछ तर आन्दोलनरत मधेशवादी दलले संविधान संशोधन नभएसम्म चुनावमा भाग लिने भनेको छ । अब २१ गते यता सविधान संशोधन हुने कुनै सम्भावना छैन ।

    यदि सविधान संशोधन नभए चुनावमा भाग नलिने मधेशवादी दलले अडान लिएर बसेको छ भने १९ गते उनीहरुले उम्मेदवारी दिदैनन् । मधेशवादी दलले उम्मेदवारी दिएनन् भने उनीहरु चुनावमा भाग लिन पाउँदैनन् र बैशाख ३१ गते तथा जेठ ३१ गते चुनाव गराउन मुस्किल हुने देखिएको छ ।

    आन्दोलनरत मधेशवादी दललाई छाडेर चुनावमा जाने रिश्क सरकारले लिँदैन । यसो त मधेशवादी दलले निर्वाचन आयोगमा आफ्नो दलको दस्ताखत पनि बुझाएका छैनन् । त्यतिकै पनि दस्ताखत नबुझाएको कारणले चुनावमा भाग लिन पाउँदैन्थ्यो ।

    राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले भने, –सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भनिसकेका छौं, त्यसैले १९ गते उम्मेदवारी दिने कुरा आउँदैन ।’

    आफूहरुले दरखास्त पनि नबुझाएको कारणले त्यतिकै पनि भाग लिन पाइन्नथ्यो तर त्यसलाई सरकारले भनेपछि आयोगले मिलाउन सक्थ्यो तर अब २१ गतेका लागि संसद सरेपछि १९ गते उम्मेदवारको मनोनय गराउन नसकिने उनले बताए ।
    संशोधन अन्योलमा परेसँगै राजपाको अध्यक्ष मण्डलको बैठक समेत आजको लागि बोलाइएको छ

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture