• Breaking News

    Saturday, April 29, 2017

    बिश्वकैलागि खतरा बन्दै उत्तर कोरिया ! ट्रम्पले भने युद्धको मिति नजिकिदै छ ।

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    बिश्वकैलागि खतरा बन्दै उत्तर कोरिया ! ट्रम्पले भने युद्धको मिति नजिकिदै छ ।


     एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रमका कारण एउटा ठूलो युद्ध हने चेतावनी दिएका छन्।

    अमेरिकी राष्ट्रपति ट्रम्पले कूटनीतिक माध्यमबाट उत्तर कोरियासँगको विवादको हल गर्न चाहेको तर यो प्रयास कठिन देखिएको बताएका छन्। पछिल्ला दिनमा उत्तर कोरिया र अमेरिकाका गतिविधिले विश्वमै ठूलो द्वन्द्वको खतरा बढ्दै गएका बेला राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो ।

    केही दिनअघि मात्र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले लगातार परमाणु क्षेप्यास्त्र परीक्षण गरे उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । अमेरिकासँग चर्को विवाद सिर्जना गर्दै आएको उत्तर कोरियाले अमेरिकामाथि हमलाा गरेको परिकल्पनासहितको एउटा भिडियो समेत सार्वजनिक गरेपछि उत्तरसँग अमेरिका अझ रुष्ट बनेको छ।


     अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रम आफ्ना लागि सबैभन्दा ठूलो विश्वव्यापी चिन्ता बताएको बिबिसीले जनाएको छ । उनले कुटनीतिक पहल भए पनि चीनले उत्तर कोरियामाथि दबाब बढाइरहेको बताएका छन्।

    चीनले केही दिनअघि मात्र उत्तर कोरियाले थप परमाणु परीक्षण गरे प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो । यो चेतावनीले समेत उत्तर कोरिया चुप बसेको छैन् । यद्यपी उत्तर कोरियाको झण्डै ८५ प्रतिशत व्यापार चीनसँग निर्भर छ। युद्धको खतरा बढेको बताइए पनि उत्तर कोरियाली युवा शासक क्ुर भए पनि मूर्ख नभएको भन्ने अनुसन्धान रिपोर्ट अमेरिका पुगेको छ । त्यसैले पनि अमेरिका अहिलेसम्म उत्तार कोरियामाथि कारबाही अगाडि बढाउनु भन्दा पनि पर्ख र हेरको अवस्थामा रहेको छ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture