• Breaking News

    Saturday, April 29, 2017

    जन्म दिने आमालाई बीस हजारमा बेचियो, बहिनीलाई बेच्न लैजादा पक्राउ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    जन्म दिने आमालाई बीस हजारमा बेचियो, बहिनीलाई बेच्न लैजादा पक्राउ

     बहिनीलाई बेच्न लाँदा फन्दामा परे
    नेपालगन्जः जन्म दिने आमालाई समेत बेच्ने सिन्धुपाल्चोकका डिण्डु तामाङसहित मानव तस्करीमा संलग्न दुईजना इलाका प्रहरी कार्यालय कोहलपुरको फन्दामा परेका छन् ।

    आमालाई वैदेशिक रोजगारको नाममा भारतको दिल्ली हुदै कुवेत पठाउने सिन्धुपाल्चोक जुवाचौर–४ का २७ डिण्डुसहित दुईजनालाई प्रहरीले बहिनी र फूपुकी छोरीलाई दिल्ली लाँदै गर्दा कोहलपुरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेले बताए ।

    नायव उपरीक्षक काफ्लेका अनुसार डिण्डुले आमालाई कुवेत पठाउँदा दलालबाट २० हजार कमिसन खाएको प्रहरीसँग स्वीकार गरेका छन ।

    इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर बसपार्कस्थित एक होटलबाट डिण्डु, सिन्धुपाल्चोक पाल्चोक–९ का ३६ लाक्पा सोनामा तामाङसहित डिण्डुकी बहिनी र फूपुकी छोरीसहित नियन्त्रणमा लिएको छ ।

    शनिबार प्रक्राउ गरिएका उनीहरुलाई कोहलपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

    पक्राउ परेका किशोरीहरु १८ वर्ष भन्दा कम उमेरका रहेको प्रहरीले जनाएको छ । कोहलपर बसपार्कबाट दुई किशोरीलाई सीमा (जमुनाहा) कटाएवापत २०÷२० हजारका दरले पैसा दिने भन्ने व्यक्ति होटलमा बसेको भन्ने सूचनाका आधारमा छापा मारी नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

    मानवबेचविखनका मूख्य नाइके लाक्पाले एक किशोरी काठमाडौंबाट दिल्ली हुँदै खाडी मुलुकमा उडाएपछि एक लाख ५० हजार कमिसन लिने गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

    जसमा आमासमेत बेच्ने डिण्डुले एक युवती बापत २० हजार पाउने गरेको स्वीकारेका छन् ।

    अघिल्लो वर्ष मात्रै डिण्डुले आफ्नै आमालाई दिल्ली पु¥याएर २० हजार कमिसन लिएको प्रहरीसामू स्वीकारेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

    हाल डिण्डुकी आमा कुवेत रहेको बताइए पनि उनको अवस्था खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार वैदेशिक रोजगारका लागि भन्दै दिल्ली पु¥याएपछि पहिले सिन्धुपाल्चोक घर भई हाल दिल्ली र दुबई बस्दै आएकी रेणु तामाङमार्फत लाक्पाले एक लाख ५० हजार र डिण्डुले २० हजार प्रत्येक पटक लिने गरेको सकारेका छन् ।

    प्रहरीका अनुसार तामाङद्वयले पछिल्लो डेढ वर्षमा २४ किशोरी तथा युवतीलाई वैदेशिक रोजगारका लागि भन्दै दिल्ली पु¥याएका छन् ।

    भूकम्पप्रभावित जिल्ला सिन्धुपाल्चोक र आसपासका जिल्लाबाट काठमाडाँै–नेपालगन्ज नाका हुँदै दिल्ली पु¥याउने गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक काफ्ले बताए ।

    उनले पक्राउ परेका मानव तस्करहरु मानव बेचविखन तथा आसोरपसार सम्बन्धी मुद्दा चलाएको बताए ।

    केही समययता देशका विभिन्न ठाउँबाट कोहलपुर ल्याइ केही दिन राखेर नाका कटाउने गरेको पाइएको उनले बताए ।

    पछिल्लो समय नेपालगन्ज लगायत बर्दियाको जमुनी नाका हुँदै किशोरी र महिलालाई सीमाना कटाउने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture