भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
संसोधनले राप्रपामा ल्यायो पहिरो, पार्टीको ह्विप उल्लंघन गर्दै १५ सांसदले दिए फ्लोर क्रसको संकेत
काठमाडौं, १७ बैशाख । आइतबार बिहानै संविधान संशोधन विधेयकको पक्षमा आफ्ना सांसदहरुलाई मतदान गर्न निर्देशन दिएको राप्रपामा संसोधनले पहिरो ल्याएको छ । संसोधन विधेयकमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा गम्भीर विवाद विवाद देखिएको छ । स्रोतका अनुसार आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दल र पदाधिकारी बैठक चलिरहेका बेला १५ सांसद भने राजधानीको एक रिसोर्टमा छुट्टै छलफलमा जुटेका छन् । दुई समान्तर वैठकले राप्रपाभित्रको अन्तरविरोध सतहमा आएको छ । पार्टीका केही प्रभावशाली सांसद् र केन्द्रीय सदस्यहरु पार्टी संस्थापनको लाइन भन्दा बाहिर गएर छुट्टै छलफलमा जुटेपछि पार्टीमा हंगामा भएको हो । यसले राप्रपाबाट संसोधनका पक्षमा नरहेका सांसदहरुले संसोधन विधेयकमा मतदान भएर फ्लोर क्रस गर्ने सम्भावना बढेको छ । ‘ राप्रपाका १५ सांसद संसोधन विधेयकको विपक्षमा जाने खतरा बढेसँगै सरकारले आज विधेयक छलफलमा लान नसकेको हो’ सरकारका एक प्रभावशाली मन्त्रीले भने । राप्रपामा नै विवाद हुँदै छुट्टै भेला भएसँगै संशोधन विधेयक संकटमा पर्ने देखिएको छ । ३७ सिट रहेको राप्रपामा १५ सांसदले भोट क्रस गरेको अवस्थामा संशोधन प्रस्ताव संकटमा पर्ने देखिएको छ । राप्रपाको पुरै भोट संशोधन प्रस्तावमा जाँदा पनि विपक्षी गठबन्धनमा संशोधनको पक्षविपक्षमा रहेका दुई सांसदलाई समेटेर संशोधन प्रस्ताव पारित गराउने तयारीमा सरकार रहेको अवस्थामा राप्रपाको विवादले संशोधन प्रस्ताव विफल हुने खतरा रहने देखिएको हो । श्रोतका अनुसार एमालेलाई साथ दिने संकेत देखिएको बताएका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment