• Breaking News

    Saturday, April 29, 2017

    चर्चित अन्डरवल्र्ड दाउदलाई हृदयघात

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     नयाँ दिल्ली। मुम्बई बम आक्रमणका आरोपी एवं अन्डरवल्र्ड डन दाउन इब्राहिमलाई हृदयघात भएको छ।  उनको स्थिति चिन्ताजकन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उनलाई यतिबेला भेन्टिलेटरमा राखिएको बताइएको छ। तर दाउदका सहयोगी छोटा शकीलले भने दाउदलाई केही नभएको जनाएका छन्।

    छोटा शकीलले टाइम्स अफ इण्डियासँग कुरा गर्दै दाउदको विषयमा चलाइएका हल्ला निराधार भएको बताएका छन्। शुक्रबार केही संचारमाध्यमले दाउदको मृत्यु भएको समाचार सम्प्रेशण गरेका थिए।

    संचारमाध्यमले हृदयघाट भएपछि अस्पताल भर्ना गरिएको दाउदलाई प्यारालाइसिस भएको, ब्रेन ट्युमर भएपछि उनको ब्रेनको सर्जन गर्दागर्दै निधन भएको जनाएका थिए।

    दाउद १९९३ मा मुम्बईमा भएका बम आक्रमणको योजनाकार भएको भारतीय पक्षले दाबी गर्दै आएको छ। सो अब विष्फोटमा परी २५० जनाको मृत्यु भएको थियो। त्यसपछि दाउद पाकिस्तानमा बस्दै आएको विश्वास गरिएको छ।

    २००३ मा  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले दाउदलाई प्रतिबन्धितको सूचिमा राखेको थियो। केही समय पहिला मात्र दाउदको पाकिस्तानको कराचीमा ब्रेन ट्युमरको अपरेशन गरिएको थियो। जुन असफल भएको थियो। त्यसपछि दाउदको शरीरको दायाँ भागले काम गर्न छोडेको थियो।

    दाउद मुम्बईको डोंगरी चालमा जन्मिएका थिए। उनका बुबा प्रहरीका जवान थिए। दाउदले सुरुमा करिम लालको ग्यांगमा काम गरेका थिए। १९८० को दशकमा उनी मुम्बई  अन्डरवल्र्डका डन बनेका थिए।


    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture