• Breaking News

    Saturday, April 29, 2017

    जनयुद्ध लडेकी योद्धा उषा जीविकोपार्जनका लागि प्रचण्डलाई धिक्कार्दै म्यादी प्रहरीमा : उनि भन्छिन् गद्धारहरुका कारण हाम्रो अवस्था यस्तो भयो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    जनयुद्ध लडेकी योद्धा उषा जीविकोपार्जनका लागि प्रचण्डलाई धिक्कार्दै म्यादी प्रहरीमा : उनि भन्छिन् गद्धारहरुका कारण हाम्रो अवस्था यस्तो भयो’ 

     मरे सहिद हुने बाँचे संसार जित्ने’ सपना बोकेर युद्धमा लागेका तत्कालीन नेकपा(माओवादी)का पुर्व छापामार र माओवादी कार्यकर्ताहरुको बिचल्ली छ ।

    माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनयुद्धका अन्य कमाण्डरहरु चिल्ला कार र हेलिकप्टरमा चढेर देश–विदेशमा यात्रा र करोडौका बंगलामा सुखसयलसहित जीवनयापन गरिरहँदा उनीहरुसँगै जनयुद्ध लडेका कार्यकर्ता भने आफ्नो विगतलाई धिक्कार्दै पूरानै समाजमा पुर्नस्थापित हुने प्रयत्नमा छन् ।

    हिजो प्रचण्ड–बाबुरामको नेतृत्वमा जस–जसलाई दलाल भनेर भाटे कारवाही गरियो आज पार्टी प्रवेश गरेर तिनै पृष्ठभुमिका मान्छेहरु स्थानीय तहको निर्वाचनमा उठ्दै छन् भने प्रचण्डको निर्देशनमा उनीहरुलाई भाटे कारवाही गर्ने पुर्व छापामारको दैनिकी ज्यालादारीमा बितिरहेको छ ।

    ‘हुनेछ जनताको जित, आउनेछ सुनौलो विहानी– पार्नेछौ सपना साकार बन्नेछ गरिवको सरकार’,
    पुर्वमा लाली छाउँदै छ, गरिवको दिन अब आउँदैछ

    यिनै गीतहरु सामना सांस्कृतिक परिवारले मञ्चमा गाएर कम्व्याट ड्रेसमा नृत्य देखाएपछि वरपर झुमिएका जनतालाई माओवादी नेताहरुले भाषण सुनाउथे । र नेताहरु जनतालाई मुक्ति, समाजवाद, साम्यवाद र जनवादका सपनाहरु देखाउथे । जनताका छोराछोरीलाई मृत्यु–मुक्तिको लडाइँमा लाग्न ढाडस दिन्थे । नीजि जीवन भन्दा सामुहिक र सामाजिक जीवनको खुबै वकालत गर्थे । आज तिनै कलाकार कहाँ होलान ? न पार्टीलाई चाहिएको छ न त खोजीनीति छ । तिनै कलाकारमध्येकी एक हुन् आँखाभरि आँशु लिएर म्यादी प्रहरीमा परेड खेलिरहेकी पुर्व सामना सांस्कृतिक परिवारकी केन्द्रीय कलाकार उषा जिसी ।

    २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेकी अछाम जिल्लाका ढुंगाचाल्ना गाविस वर्डा नं ५ कि उषा जिसी तत्कालीन माओवादीको सांस्कृतिक संगठन सामना सांकृतिक मञ्चकी केन्द्रीय कलाकार हुन् । दाई विम्व र दिदी गीता पनि माओवादीको जनमुक्ति सेनामा रहेकाले उनी पनि नेताहरुको मुक्तिको सपना देख्दै युद्धमा लागिन् । तत्काल युद्धको समयमा होस वा शान्तिप्रक्रियापछिको समय उषाका अधिकांश दिन सर्वहारा वर्गको मुक्तिको सपना देखिएका गीत संगीत गाउन र तिनै गीतमा नाच्नमै व्यतित हुन्थे ।

    ‘आमा, म हजारौ आमा र ती आमाका हजारौ हजार सन्तानहरु र यो देशको मुक्ति लिएर फर्किन्छु !’ भनेर घरवाट २०५७ सालमा आफ्ना जन्मदिने आमा बाबुको काख छोडेर दाई दिदीको हात समाउदै घरवाट निस्केकी उषा अहिले आफ्नो जिविकोपार्जनका लागि म्यादी प्रहरीमा तालिम लिईरहेकी छिन् । सामान्य जीवन निर्वाहका निम्ति संघर्ष गरिरहँदा उनमा आक्रोशको सिमानै छैन ।

    ‘तपाईले आफ्नो विगतलाई संझिदा कस्तो महसुस हुन्छ ?’ भन्ने प्रश्नमा उनी भन्छिन्– “हेर्नुस् जीवन यहाँ आइपुग्ला भनेर कल्पना समेत गरकी थिइन । जनता र राष्ट्रको मुक्ति गर्ने सपना नेताहरुले देखाउदा आफ्नो सारा जीवन त्यागेर हिडियो । सबै जनता समान होलान र समान अवसर प्राप्त गर्लान भन्ने सुन्दर सपना थियो । तर गद्धारहरुले हाम्रो सपना, हामीसँगै हिडेका हजारौ कमरेडहरुको रगत, घाईते साथीहरुको शरिरका अंग र वेपत्ताहरुको सपना सिंहदरवारको कुर्सीमा पुग्न बेचे । आज हाम्रो बिचल्ली भैरहेको छ ।”

    भूमिगत जीवनको १० वर्षपछि २०६७ सालमा जनयुद्धमा रेडियो पत्रकारिता गरेका अर्जुन जिसीसँग विवाह गरेकी उषा त्यसको १ वर्ष पछिसम्म पनि सामनाको केन्द्रीय टीममै पूर्णकालीन कार्यकर्ताको रुपमा काम गरिन । जीवनका उर्वर र उर्जाशील १० वर्ष क्रान्ति र परिवर्तनका लागि नेतृत्वले देखाएका गगनचुम्मी सपनाहरुमै बिते । अहिले उनीहरुको काखमा एउटा छोरो ‘अमीर’ छ । मृत्यु या मुक्तिको सपनालाई बिर्सेर पूरानै समाजमा पुर्नस्थापित बन्न उनीहरुलाई निकै पीडा भएको छ । उषा भन्छिन्, ‘हेर्नुस् ती दिनमा हामी हाम्रो नीजि जीवनका लागि लागेकै भएपनि आज एक ठाउँमा पुगिन्थ्यो होला । देश र जनताको मुक्ति नै हुन्छ भने ठिकै छ, एकवारको जीवन क्रान्तिमै लगाऔं भनियो । तर आज नेताहरुको गद्धारीले यो अवस्था आईपुग्यो । विगतका दिन र नेताहरुले देखाएको आश्वासन संझिदा ग्लानी भएर आउँछ ।’

    उषा माओवादी आन्दोलनलाई सांस्कृतिक क्षेत्रवाट एउटा उचाईमा पुर्याउन अग्रणी भूमिका निर्वाह गरेको जनवादी कलाकारहरुको सामना सांस्कृतिक परिवारकी केन्द्रीय कलाकार हुन् । प्रचण्ड सहभागी थुप्रै कार्यक्रमहरुमा जनताको मुक्तिका थुप्रै गीतहरुमा नृत्य प्रदर्शन गरेको विगत अहिले पनि उनको मानसपटलमा ताजै छ ।

    २०५६ सालमा भुमिगत भएका राजेन्द्र राउत क्षेत्रीको दाहिने आँखानै छैन । सिराहाको लाहानमा आँखा गुमाएका उनी अर्घाखाचीको सन्धिखर्क, दाङको सतवरिया र रुकुमको खारामा पनि घाईते भए । दर्जनौ ठाउका लडाइँमा सहभागी भएका उनले विगत संझदा नेताहरुमाथि आक्रोश चढेर आउने बताउछन् ।

    “हिजो संसदिय व्यवस्था खशीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलो हो । यो दलालहरुको व्यवस्था हो । जनताको वास्तविक मुक्ति जनवाद र वैज्ञानिक समाजवादमा मात्र संभव छ भनेर हामीलाई प्रशिक्षण दिन्थे । उनीहरुकै निर्देशनमा हामीले रगत बगायौं र शरिरका अंगहरु गुमायौं । तर आज ती नेताहरुले हाम्रो त्याग र बलिदानलाई बेचेर सत्तामा पुगे । अनि त्यही व्यवस्थाको रक्षाका लागि जनयुद्धका सहयात्रीमाथि पुलिस लगाएर दमन गरिरहेका छन्।”

    उनले अझ आक्रोशित हुँदे भने “क्रान्तिमा लागेको मान्छे यतिसम्म गद्धार बन्छ र सहयात्रीको विरुद्धमा यति नीच काम गर्छ भन्ने त कल्पनासम्म पनि थिएन । तर, एकदिन उनीहरुलाई अवश्य जनताले सजाय दिनेछन् छौं ।”

    राजेन्द्र र उषाजस्ता पुर्व लडाकु र छापामारहरु त एउटा सानो उदाहरण मात्र हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको प्रधानमन्त्री भईरहदा देशैभर जनयुद्धबाट फर्किएका पुर्व माओवादी छापामार, लडाकु र जनयुद्धका कलाकारहरु समाजमा कष्टकर जीवन बिताइरहेका छन् । माओवादी शान्तिप्रक्रियामा फर्किएको पनि ११ वर्ष भईसक्यो । तर, समाजमा राम्रोसँग पुर्नस्थापित हुनु त टाढाको कुरा भो जीवन निर्वाह पनि सहज र सम्मानपुर्वक गर्न नसक्दा उनीहरुको दैनिकी आज पनि कष्टकर छ ।

    माओवादी अध्यक्ष प्रचण्ड सरकारकै नेतृत्वमा स्थानीय तहको निर्वाचन सम्पन्न हुदैछ । निर्वाचनको नाममा उनले दिनानुदिन पुलिस प्रयोग गरेर जनयुद्धका सहयात्रीमाथि दमन गरिरहेका छन् । प्रचण्डले आयोगमा दर्ता भएका दललाई निर्वाचन चिन्ह नदिएर पञ्चायतको झल्को मेटाएका छन् भने शान्तिपुर्वक सार्वजनिक कार्यक्रममा प्रहरी परिचालन गरी आफ्नै जनयुद्धका सहयात्री र जनताको मुक्तिको निम्ति मृत्यु स्वीकारेर युद्धमा होमिएका सहयात्रिमाथि दमन गरेर राणाकालको झल्को मेटाएका छन् ।

    शान्ति र संविधानको स्थायित्वको निम्ति स्थानीय निर्वाचन होइन जनताको जनजीविकामा परिवर्तन र श्रमजीवि जनताको मुक्ति अनिवार्य छ । निर्वाचनको नाउमा प्रचण्डले आफ्नै सहयात्रीमाथि गरेको दमनलाई स्वतन्त्र नागरिक समाजले पनि आश्चर्यजनक रुपमा हेरेका छन् । संसदीय व्यवस्थामा पनि केही स्थान लिएर सत्ताको स्वाद चाख्नु छ भने माओवादी केन्द्रले युद्धको पृष्ठभुमिवाट आएका पुर्व माओवादी र छापामारको समाजमा बलियो रुपमा पुनस्र्थापनामा तत्कालिन माओवादीका कमाण्डर एवं प्रधानमन्त्री पुष्पकमल प्रचण्डले विशेष ध्यान दिनु जरुरी छ ।

    अन्यथा १० वर्षसम्म परिवार र समाज त्यागेर युद्धमा लागेका जनमुक्ति सेना र माओवादीका पूर्णकालीन छापामारको बन्दुक चलाउने सीपले मुलुकलाई कुन बाटोमा डोर्याउछ भन्न नसकिने अवस्था छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture