• Breaking News

    Saturday, April 22, 2017

    बुँदागत पढ्नुहोस् सरकार–मोर्चा सहमति

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    बुँदागत पढ्नुहोस् सरकार–मोर्चा सहमति

     ९, २०७४- प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मोर्चाबीचको बैठकमा आन्दोलनरत मधेसी मोर्चाले स्थानीय निकायको निर्वाचनमा सहमति जनाउने निर्णय गरेको छ ।

    मोर्चालाई चुनावमा सहभागी गराउन सरकारले उसका केही मागलाई सम्बोधन गर्ने सहमति गरेको छ । आज सरकार र मोर्चाबीच भएका सहमति बुँदागतरुपमा पढ्नुहोस् ।

    बैशाख ३१ गतेको लागि घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गरिने ।
    पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने ।
    बाँकी प्रदेशमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने ।
    सरकारले मोर्चासँग आज भएको सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन विधेयक फास्ट ट्र्याकबाट पास गराउने । भोली बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिदै संसदमा दर्ता गर्ने ।
    तराईका केही जिल्लामा स्थानीय निकायको संख्या थपिने । निर्वाचन आयोगसग त्यसबारे परामर्श गरिने ।
    स्थानीय निकायको संख्या स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार हुने ।
    प्रदेश सिमांकनको बिषय संघीय आयोगको प्रतिवेदनअनुसार हुने ।
    भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुसुचीमा राष्ट्रिय भाषा थपिने ।
    मोर्चाले घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने ।
    थप जानकारीकाे लागि पढ्नुहाेस् --

    स्थानीय निकाय चुनाव दुई चरणमा गर्ने सरकार र मोर्चाको सहमति


    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture