• Breaking News

    Monday, April 10, 2017

    दाद, डण्डीफोर,मुख गन्हाउने ज्वरो रुघा खोकि को एउटै अचुक उपाय

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    दाद, डण्डीफोर,मुख गन्हाउने ज्वरो रुघा खोकि को एउटै अचुक उपाय

    सामान्यतया अचार खान बाहेक यसको अरु कुनै उपयोग हामी त्यति गर्दैनौं । तर पुदिनाको प्रयोगले मानव स्वास्थमा धेरै भन्दा धेरै फाइदा गर्दछ । (पतेना) पुदिनाको प्रयोगबाट हुने कही फाइदाहरुः
    मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ । एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोर बाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ ।
    रुघा ज्वरो र खोकीबाट छुटकाराः जाडो महिनामा ज्वरो र रुघा लागेमा अदुवाको रस सँग पुदिनाको पात थिचेर प्रयोग गर्नाले रोगलाई पूर्णरुपमा निको पार्न सहयोग गर्दछ । करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ । पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ ।
    पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ।
    मुख गन्हाउने समस्याबाट मुक्तिः मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ । गिजालाई पनी यो विधिले बलियो पार्दछ
    रुघा लम्बिएमाः रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ ।
    दादबाट छुटकाराः शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।
    बिष मार्नः बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउछ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture