• Breaking News

    Wednesday, April 26, 2017

    एमाले सहमत भएपछि संसदमा संशोधन विधेयक स्वीकृत

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    एमाले सहमत भएपछि संसदमा संशोधन विधेयक स्वीकृत

     काठमाडाैं। सरकारबाट प्रस्तुत भएको संविधान संशोधन विधेयक संसदबाट स्वीकृत भएको छ। बुधबार राति करिव साढे दशबजे बसेको संसद बैठकले विधेयक पास गरेको हो।

    निरन्तरको अवरोध पछि राति संसद बैठक बसेको हो। तराइका जिल्लामा स्थानीय तह थप्ने सरकारको प्रस्ताव फिर्ता भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद सुचारू गर्न सहमत भएको हो।

    संसदबाट स्वीकृत भएको विधेयक माथि सांसदहरुले ७२ घण्टाको समय भित्र संशोधन हाल्न पाउने व्यवस्था छ।

    बुधबार बिहान ११ बजेका लागि डाकिएको संसद दिउँसो तीन बजे बस्ने गरी स्थगित भएको थियो। तीनबजे पनि सुरू हुन नसकेपछि सूचना टाँसेर बेलुका पाँच बजेसम्मका लागि स्थगित गरिएको थियो। पाँच बजेपछि बैठक सुरू हुन सकेन। राति पाैने ९ बजे बैठक चल्यो तर गणपुरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित भयो। राति साढे दशबजे बसेको बैठकबाट संशोधन विधेयक स्वीकृत भएको हो।

    तराइका ११ जिल्लामा स्थानीय तह थप्न सम्बन्धित जिल्लामा पठाएको प्रस्तावलाई सरकारले फिर्ता लिएपछि एमाले संसद चल्न दिन सहमत भएको हो।

    स्थानीय तह थप्ने निर्णय फिर्ता लिएको भन्दै फेरि मधेस केन्द्रित दल चिढिएका छन्। मधेस केन्द्रित दलको एकताबाट बनेको राष्ट्रिय जनता पार्टीले  सरकारले सहमति तोडेको भन्दै  पुनः सहमति भंग हुने स्थिति आएको चेतावनी दिएका छन्।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture