• Breaking News

    Thursday, April 6, 2017

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    एजेन्सी। इच्छाशक्ति भयो भने मानिसको लागि कुनै कुरा पनि असम्भव हुँदैन भन्ने कुरा ब्रिटेनकी एक महिलाले प्रमाणित गरिदिएकी छिन्। मृत्युको मुखमा पुगिसकेकी निकोला किंगले ज्यानमारा रोगलाई त जितिन् नै १८ महिनामै ‘एलिट्स युके बडीबिल्डिङ’ च्याम्पियनशिप पनि जितिन्। २४ वर्षीया निकोला २०११ मा एनोरेक्जिक (भोक प्यासदेखि एलर्जी) रोगबाट ग्रस्त भइन्। जसका कारण उनलाई खानु पिउनु असम्भवजस्तै भयो। उनलाई पानी पनि जबरजस्ती पिलाउनुपर्ने भयो।

    ४५ किलोकी निकोलाको तौल लगातार घट्दै गयो र उनलाई अस्पताल भर्ना गरियो। उनी एक वर्षसम्म अस्पतालमा भर्ना रहिन्। उपचारमा संलग्न डाक्टरले उनका पितालाई शायद अब निकोला बाँच्दिनन् भनेका थिए। तर उनका अभिभावकले हार नमान्न सल्लाह दिए। निकोलाले पनि आफूलाई मानसिक रुपमा बलियो बनाइन्। फलस्वरुप अस्पतालमा पाइपबाट दिइने खानेकुराले विस्तारै असर गर्न थाल्यो। करिब डेड वर्षपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरियो। यसपछि उनको घरमा समेत गरी करिब चार वर्षसम्म उपचार गरियो।

    निकोलाको हिम्मतले उनको शरीरमा विस्तारै सुधार आउन लाग्यो। उनी जिम ज्वाइन गरिन्। उनले आफ्नो पूरा ध्यान एक्सरसाइजमा लगाइन् जसका कारण उनको भोक प्यार विस्तारै बढ्न थाल्यो र रोग पनि विस्तारै हट्दै गयो। अघिल्लो हप्ता ‘एलिट्स युके बडीबिल्डिङ च्याम्पियन’ बनेकी निकोलाले भनिन् उनले करिब १८ महिना पहिले जिम ज्वाइन गरेकी थिइन्।





    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture