• Breaking News

    Friday, April 21, 2017

    भारतमा अन्तरजातीय प्रेमी जोडीलाई नाङ्गै घुमाइयो, परिवारकै संलग्नता भयो यस्तो हर्कत

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    भारतमा अन्तरजातीय प्रेमी जोडीलाई नाङ्गै घुमाइयो, परिवारकै संलग्नता भयो यस्तो हर्कत

     नयाँदिल्ली । भारतको राजस्थानस्थित आदिवासी जिल्ला बाँसवाडाको एउटा गाउँमा एक जोडी प्रेमीलाई निर्वस्त्र बनाएर घुमाइएको छ । यस घटनामा १८ व्यक्ति पक्राउ परेका छन् ।

    प्रेमी-प्रेमिकाका परिवार र आफन्तले नै उनीहरुमाथि यस्तो हर्कत गरेका हुन् । पक्राउ पर्नेमा उनीहरुका बुवा, काका र अन्य नातेदार छन् ।
    कचरु र मोनिका नामका युवक-युवती दुई वर्षअघि गुजरातमा मजदुरी गर्ने क्रममा प्रेममा परेका थिए । दुवै बाँसवाडाको सम्भपुरा गाउँका हुन्, तर फरक-फरक जातिका ।
    कचरुले बीबीसीलाई फोनमा भने, ‘हामीले आफ्ना बुबा आमासँग बिहेको कुरा गर्ने हिम्मत नै गरेनौं किनकी उहाँहरु यो कुरा सुन्न पनि सक्नुहुन्नथ्यो ।’

    उनीहरुले नभने पनि घर-परिवारले कतैबाट सुइको पाइहाले । मोनिकाको परिवारले अर्कै केटासँग उनको बिहे गर्ने तयारी गरे । यो थाहा पाएपछि कचरुले मोनिकालाई लिएर टाप ठोके । तर, परिवारका व्यक्तिहरुले उनीहरुलाई फेला पारिछाडे र फर्काएर ल्याए ।

    अर्कै जातिसँग प्रेम गरेर गाउँको बदनामी गरेकाले पाठ सिकाउन भन्दै परिवार र गाउँबासीले उनीहरुलाई नाङ्गै पारेर घुमाए । केही व्यक्तिहरुले यसको भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिए, जुन केही बरेमै भाइरल बन्यो । प्रहरीसम्म यसको खबर पुग्यो ।

    यो घटनापछि मोनिकाको अर्को पुरुषसँग ‘नातरा’ गरियो । नातरा एक आदिवासी संस्कार हो, जसमा पैसाको लेनदेनपछि केटा र केटी पति-पत्नीको रुपमा बस्न सक्छन् । यसमा पाँच हजार रुपैयाँ केटीका परिवारले लिए र जम्मा ८० हजार रुपैयाँको करार गरियो ।

    मोनिकाले भनिन्, ‘मलाई सपोर्ट गर्ने कोही भएनन् । मेरो बिहे कसले गराइदिन्छ ? म कचरुसँग नै जीवन बिताउन चाहन्छु । उसलाई छोड्न सक्दिनँ ।’

    यस आदिवासी गाउँमा २ सय घर छन् । अधिकांश मानिसहरु निरक्षर छन् । गाउँका धेरै युवाहरु छिमेकी राज्य गुजरातमा गएर मजदुरी गर्छन् ।
    कचरु र मोनिकालाई शुक्रबार मजिस्ट्रेटसामु पेश गरिनेछ, जहाँ धारा १६४ मुताबिक मोनिकाको बयान लिइनेछ । युवकको पक्षबाट सन्तोषजनक बयान आएको खण्डमा युवतीलाई उनीसँग जाने अनुमति मिल्न सक्छ । श्रोत: अनलाइन खबर

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture