• Breaking News

    Monday, April 24, 2017

    तामाको भाँडामा राखिएको पानीबाट पाइन्छ यी चमत्कारीक लाभ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    तामाको भाँडामा राखिएको पानीबाट पाइन्छ यी चमत्कारीक लाभ 

     हामीकहाँ प्लाष्टिकको भाँडा, बोत्तलमा भण्डारण गरिएको पानी पिउने गरिएको छ । धेरैजसोको भान्सामा पानी राख्ने भाँडो पनि प्लाष्टिककै हुने गर्छ । तर, प्लाष्टिकको भाँडामा भण्डारण गरिएको पानी विषाक्त हुने कुरा पुष्टि भइसकेको छ । यसमा हानिकारक रसायन हुने भएकाले त्यसको असर भण्डारण गरेको पानीमा पनि पर्छ ।

     सर्बोत्तम तामा

    रातभर तामाको भाँडामा पानी राख्ने र बिहान उठेपछि पिउनुपर्छ, यो एकदमै स्वस्थ्यवर्द्धक हुन्छ । आर्युवेदमा भनिएको छ, तामाको भाँडामा भण्डारण गरिएको पानीले शरीरको केहि दोष शान्त गर्छ । साथै, यसले शरीरको विषाक्त पदार्थ निकाल्छ । तर, तामाको भाँडामा कति समय पानी राख्ने ? कसरी राख्ने ख्याल राख्नुपर्छ ।

    ताम्रजल

    तामाको भाँडामा पानी संग्रहित गर्नुलाई ताम्रजल भनिन्छ । ध्यान राख्नुपर्ने कुरा के भने, तामाको भाँडामा कम्तीमा ८ घण्टासम्म राखिएको पानी लाभदायक हुन्छ । जुन व्यक्तिलाई कफको समस्या छ, उनीहरुले पानीमा तुलसीको केहि पात हाल्नुपर्छ ।

    सबैलाई थाहा छ, तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसका फाइदा के-के छन् त ?

    छालालाई स्वस्थ्य बनाउने- हामी छालालाई स्वस्थ्य बनाउनका लागि थरीथरीका सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छौ । राम्रो सौन्दर्य प्रसाधन प्रयोग गर्दैमा छाला स्वस्थ्य एवं चम्किलो हुन्छ भन्ने छैन । यसमा तपाईको दिनचर्या र खानपान मूख्य रुपमा जोडिएर आँउछ । त्यसैले तपाई छालालाई स्वस्थ्य बनाउन चाहनुहुन्छ भने तामाको भाँडामा रातभर राखेको पानी पिउनुहोस् । यसको नियमित सेवनले तपाईको छाला चम्किलो र मुलायम हुन्छ ।

    थाइराइड नियन्त्रण- थाइरेक्सीन हर्मोनको असन्तुलनले थाइराइडको समस्या हुन्छ । विज्ञहरुका अनुसार कपरको स्पर्श भएको पानीले शरीरमा थाइरेक्सीन हर्मोनलाई सन्तुलित राख्छ ।

    युरिक एसिडमा फाइदाजनक- अहिले धेरैलाई युरिक एसिडको समस्या हुन्छ । यदि तपाईलाई पनि यस्तो समस्या छ भने तामाको भाँडमा राखिएको पानी पिउने गर्नुहोस् ।

    सधै जवान राख्छ- त्यसो त पर्याप्त पानी पिउँदा छाला स्वस्थ्य हुन्छ । यदि तामाको भाँडमा राखिएको पानी पिउने हो भने, मृत्त छालाहरु हटाएर अनुहारलाई सधै फ्रेस तथा जवान देखाउँछ ।

    पाचन प्रक्रिया चुस्त बनाउने-एसिडिटी, ग्याष्ट्रिक जस्ता समस्यामा तामाको पानी पिउनु अमृतसमान हुन्छ ।

    उच्च रक्तचाप, कोलोस्ट्रोरमा फाइदा- तामाको भाँडामा राखिएको पानीले उच्च रक्तचाप, कोलोस्ट्रोर नियन्त्रण गर्छ ।

    जान्नैपर्ने कुरा

    तामाको भाँडामा रातभर पानी भण्डारण गर्नुपर्छ । यसले तामाको स्वस्थ्यप्रद गुण त्यस पानीमा सर्छ, जो पेट सम्बन्धी रोगदेखि रगतको शुद्धतासम्ममा फाइदाजनक हुन्छ । तामाको बर्तनमा पानी भरेर राख्दा त्यसलाई जमिनमा राख्नु हुँदैन । काठमाथि वा कुनै धातुको टेबलमाथि राख्नुपर्छ ।

    २०७४ वैशाख १० गते १२:०१ मा प्रकाशित

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture