भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भेनेजुलयलामा यसरी तयार पारिन्छ सुन्दरी युवती
एजेन्सी। भेनेजुयला यतिबेला आर्थिक मन्दीबाट गुज्रिरहेको छ र त्यहाँ यतिबेला लुटपाटसमेत मच्चिएको छ। तेलको धनी मुलुक भेनेजुयलाको अर्को पहिचान भनेको धेरै सुन्दरी हुने मुलुक पनि हो।
यो मुलुकमा हालसम्म २२ युवतीले सौन्दर्यका अलग अलग प्रतियोतिा जितिसकेका छन्। भेनेजुयलाले हासम्म ६ पटक मिस वल्र्ड, ७ पटक मिन युनिभर्स, ७ पटक मिस इन्टरनेशनल र दुई पटक मिस अर्थ जितिसकेको छ।
यो आँकडा हेर्दा हामीलाई भेनेजुयलाका युवती कति सुन्दर हुन्छन् भन्ने जिज्ञासा लाग्न सकछ। तर यसको पछाडि एउटा तितो यथार्थ लुकेको छ। विश्व सुन्दरी बन्नलाई भेनेजुयलाका बालिकाले सानै उमेरदेखि यातना सहनुपर्छ।
यहाँका चार वर्षीया बालिकालाई फेशन स्कुल पठाउन लगाइन्छ। फेशन इण्डष्ट्रिजसँग जोडिएका मानिसले गरिव आमा बुवालाई छोरी भविष्यमा विश्व सुन्दरी बन्ने प्रलोभन देखाएर फेसन स्कलुमा भर्ना गराउन बाध्य पार्छन।
भेनेजुयलाको विभिन्न स्थानमा ठूलो संख्यामा व्युटी एकेडेमी संचालनमा छन्, जहाँ बालिकालाई सुन्दरी बनाउने नाममा सानै उमेरदेखि नै उपचार गरिन्छ। सर्जरीबाहेक पुठ्ठा बढाउने इन्जेक्सन, पातलो शरीरलाई मोटो बनाउने इन्जेक्सनदेखि लिएर महिनौं सम्म कम्मर बाँधी राख्ने तरिका अपनाइन्छ, जसका कारण कतिपय युवतीको मृत्युसमेत हुने गरेको छ।
युवतीको सुन्दरताकालागि उनको स्तनको आकार मिल्नु आवश्यक मानिन्छ। त्यसकालागि दशदेखि बाह्र वर्षका बालिकाको स्तनमा पट्टी बाँधिदिने चलन छ। जसका कारण उनीहरुको स्तनको आकार सही होस। यसो गर्दा युवतीलाई स्तन क्यान्सरको संभावना हुन्छ।
भेनेजुयलामा सबैभन्दा धेरै ध्यान युवतीको पेटमा दिइन्छ। शरीरलाई सुगठित बनाउन युवतीको खानामा नियन्त्रण गरिन्छ भने कडा परिश्रम र शारीरिक अभ्यासमेत गराइन्छ। त्यसबाहेक उनीहरुलाई विभिन्न प्रकारका औषधिसमेत सेवन गर्न लगाइन्छ। जसको असर ३० वर्षको उमेरपछि देखापर्छ।
भेनेजुयलामा युवतीले प्लास्टिक सर्जरी गर्नु सामान्य विषय हो। यँहा पाँच वर्षकी बालिकाको पनि प्लास्टिक सर्जरी गरिन्छ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |





No comments:
Post a Comment