• Breaking News

    Friday, April 21, 2017

    विलगेसको अर्को भविष्यवाणी 'मे १३ देखि तेस्रो विश्वयुद्ध सुरु हुन्छ'

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    विलगेसको अर्को भविष्यवाणी 'मे १३ देखि तेस्रो विश्वयुद्ध सुरु हुन्छ'

     एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने भविष्यवाणी गरेका एक व्यक्तिले अब सनसनीपूर्ण अर्को भविष्यवाणी गरेका छन् । 
    क्लेयरवान्ट होरोसिओ विलगेस नामका व्यक्तिले यही आगामी मे महिनाको १३ तारिख देखि तेस्रो विश्व युद्ध सुरु हुने भविष्यवाणी गरेका हुन् । उनको यो भविष्यवाणीलाई अन्तराष्ट्रिय मिडियाले खुलासा गरेका छन् । 

    भारतीय अनलाईन मिडिया आजतक र इण्डिया डटकमले जनाए अनुसार विलगेसले तेस्रो विश्वयुद्ध हुनुको कारण पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै भएका बताएका छन् । उनले नै सन् २०१५ मा ट्रम्प राष्ट्रपति बन्छन् भनेर भविष्यवाणी गरेका थिए । 

    अहिले अमेरिका, रुस र सिरियाबीच तनाव उत्पन्न भएको छ । विलगेसले भनेका छन् - 'विश्वका शक्तिशालि नेताले सिरियामाथि हमला गर्नेछन्, जहाँ केमिकल आक्रमण पनि हुनसक्छ । यसै कारण रुस, उत्तर कोरिया र चीनबीच द्वन्द्व बढ्नेछ । '

    विलगेसले यो पनि भनेका छन् कि सिरियाका राष्ट्रपति असदको मृत्यु बम विष्फोटमा हुनेछ । केही समय अघि सिरियामा आतंकवादी समुह आईएसले गरेको केमिकल आक्रमणपछि अमेरिकाले सिरियामाथि आफ्नो कारबाही सुरु गरेको हो । 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture