• Breaking News

    Thursday, April 27, 2017

    सीके राउतलाई साधारण तारेखमा छाड्ने आदेश

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     सीके राउतलाई साधारण तारेखमा छाड्ने आदेश

    रौतहट, बैशाख १४– स्वतन्त्र मधेश गठबन्धनका अगुवा डा. सीके राउत अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत रौतहटले राउतलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

    रौतहट प्रहरीद्वारा राउत उपर लगाइएको राज्य बिरुद्धको अपराध र संगठित अपराध मुद्धामा बहसपछि जिल्ला न्यायधिश लक्षमीराम ढुंगानाको इजलासले डा.राउतलाई साधारण तारेखमा रिहाको आदेश दिएको हो ।
    राउतको तर्फबाट सप्तरीबाट आएका दुई जना र रौतहटका ३५ जना गरी कुल ३७ जना वकिलले बहस गरिरहेका छन् ।

    बहसमा सहभागी एकजना वकिल सुरेश तिवारीका अनुसार बिहान ११ बजेदेखि अभियुक्त राउतको बयान भएको थियो भने दिउसो एकबजेदेखि चलेको बहसपछि न्यायाधीस ढुंगानाले उक्त आदेश दिएका थिए ।
    गौर चन्द्रनिगाहपुर सडकखण्डको मध्यभाग गरुडा छेउ झाझपुल नजिक गठबन्धनका कार्यकर्ताहरुले राज्यको बिरोधमा नारा जुलुस प्रदर्शन गर्दा प्रहरीले केहीलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

    प्रहरी नायव निरीक्षक रुद्र कँडेलको प्रतिवेदनको आधारमा २०७३ माघ २९ गते उनीहरुसँंगै सीके राउतमाथि पनी जिल्ला प्रहरी कार्यालय रौतहटमा दुई वटै मुद्दा दर्ता भएको वकिल तिवारीले बताए ।
    राउत सो समय सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा पनी पुर्वाग्रहीरुपमा सरकारले उक्त मुद्दा लगाएको वकिल सुरेश तिवारीले दावी गरेका छन् ।

    एउटै प्रकृतिको मुद्धा एकजना मानिस उपर एउटा भन्दा बढी निकायमा न चल्ने सरकारले नागरिक अधिकार र नेपालको संबिधान २०७२मा ब्यवस्था गरेको छ ।

    सीके राउत उपर सप्तरी,नवलपरासी,र रौतहट गरी तीन स्थानमा एउटै प्रकृतिको मुद्धा लगाई सरकार तथा प्रहरीद्वारा कानुनको खिल्ली उडाउने काम भएको उनका वकिल तिवारीले आरोप लगाएका छन् ।
    उता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञबिनोद पोखरेलले संगठित अपराधमा अभियुक्तले गरेको कसुरको आधारमा मुख्य अभियुक्तमाथि मुद्धा दर्ता हुने र एउटै प्रकृतीको अपराध एउटै ब्यक्तिले १० ठाउँमा गरेको ठहर भएमा छुटा छुटै मुद्धा लाग्ने बताए ।

    सिके राउतको बहसको समय जिल्ला अदालaत गौरमा कडा सुरक्षाको ब्यवस्था गरिएको थियो ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture