• Breaking News

    Thursday, April 13, 2017

    गोली लागेर घाइते भएकी निलुको मृत्यु, हत्यामा श्रीमानकै संलग्नता ?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    गोली लागेर घाइते भएकी निलुको मृत्यु, हत्यामा श्रीमानकै संलग्नता ?

    पर्सा, ३१ चैत – अज्ञात व्यक्तिले चलाएको गोली लागेर गम्भीर घाइते भएकी निलु पटेलको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।
    घरमा सुतिरहेको बेला अज्ञात व्यक्तिले चलाएको गोली लागि गम्भीर घाइते भएकी वीरगन्ज उप–महानगरपालिका वडा नं– १४ पिपरा निवासी वीरेन्द्र पटेलकी २३ वर्षीय श्रीमती निलुको गएराति वीरगन्जको नेसनल मेडिकल शिक्षण अस्पतालमा उचारको क्रममा मृत्यु भएको हो ।

    घाइते निलुकोे देब्रे कन्चटमा रहेको गोली मङ्गलबार शिक्षण अस्पतालमै शल्यक्रिया गरी निकालिए पनि स्वास्थ्यमा कुनै सुधार नआएकाले राति ९ः१५ बजे उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब निरीक्षक चक्रराज जोशीले बताए ।

    यही चैत २९ गते मङ्गलबार श्रीमान्सँगै कोठामा सुतिरहेका बेला बिहान २ बजेतिर अज्ञात व्यक्तिले चलाएको गोली लागि निलु गम्भीर घाइते भएकी थिइन् । घटनाबारे अनुसन्धानका लागि निलुका श्रीमान् वीरेन्द्रलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
    निलु हत्या कान्डमा परिवारकै सदस्यको हात भएको अनुसन्धानबाट देखिएकाले सोधपुछका लागि उनका श्रीमान्लाई जिल्ला पहरी कार्यालमा राखिएको प्रवक्ता जोशीले बताए । रासस

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture