• Breaking News

    Thursday, April 27, 2017

    अधिकांसले मान्दै आएको यी ३ अन्धविश्वासको यसरी भएको थियो सुरुवात

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    अधिकांसले मान्दै आएको यी ३ अन्धविश्वासको यसरी भएको थियो सुरुवात

     पुरानो समयमा जब गाइवस्तु चराएर बेलुका घर फर्कने समय हुन्थ्यो, बिच बाटोमा बिरोला देखापरे गाइवस्तु तर्सन्थे। टिलिक्क टल्कने विरोलो आँखले रातीको समय गाइवस्तु यत्रतत्र भाग्दा गोठालो जाने सकसमा पर्थे। दिनभरीको थकाइ अनि घर नपुग्दै गाइवस्तु दौडादौड गर्दा, त्यो दिन सो व्यक्तिको लागि कति अशुभ होला?

    1. बिरालोले बाटो काटे अशुभ हुन्छ।

     समय अनुसार दुनियाँ परिवर्तनशील छ। तर मानिसको विचार अनि कतिपय प्रचलन भने परिवर्तन भएको पाइदैँन।
     केही अन्धविश्वास समाजमा अझै पनि व्याप्त छन्। सबैभन्दा चलनचल्तीमा रहेको हो, बिरालोले बाटो काटे अशुभ हुन्छ।

    पुरानो समयमा जब गाइवस्तु चराएर बेलुका घर फर्कने समय हुन्थ्यो, बिच बाटोमा बिरोला देखापरे गाइवस्तु तर्सन्थे। टिलिक्क टल्कने विरोलो आँखले रातीको समय गाइवस्तु यत्रतत्र भाग्दा गोठालो जाने सकसमा पर्थे। दिनभरीको थकाइ अनि घर नपुग्दै गाइवस्तु दौडादौड गर्दा, त्यो दिन सो व्यक्तिको लागि कति अशुभ होला?

    यदि बिरालो आए थोरै समय बाटोमै रोकिनुपर्छ भनी मानिसहरु कुरा गर्न लागे। जुन बिस्तारै अहिले अन्धविश्वास बन्यो।

    2. अन्धविश्वास २: राती नङ काट्न अनि दाह्री काट्न हुदैन

     पुरानो समयमा बेलुका बिजुलीको सुविधा हुँदैनथ्यो। राती नङ, दाह्री काट्दा चोट लाग्ने सम्भावना बढी हुन्थ्यो। साथै काटेका नङ, रौं खानामा परि निल्ने सम्भावना हुन्थ्यो, स्वास्थ्यमा समस्या आउँथ्यो। तर आजसम्म पनि कारण नै नजानी राती नङ काट्न नहुने अन्धविश्वास जारी नै छ।

     3. अन्धविश्वास ३: कागती र खुर्सानीको सच्चाई

     गाडीमा सबैले देख्नु भएको होला, कागती र खुर्सानी झुण्ड्याउँदा नराम्रो नजर नपर्ने विश्वास गरिन्छ। पहिलेको जमानामा यसरी धागोमा कागती र खुर्सानी किराहरु भगाउन झुण्ड्याइन्थ्यो। अहिले यसले अन्धविश्वासको रुप लिएको छ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture